गाम्बियाको राष्ट्रपति निर्वाचनमा ब्यारो दोस्रो कार्यकालमा

१९ मंसिर ७८, सोमबार

२० मंसिर, बान्जुल ।

गाम्बियाको राष्ट्रपति चुनावमा आदामा ब्यारोे दोस्रो कार्यकालमा सहजै जित हासिल गरेका छन् । आइतवार ढिलो नतिजा घोषणा भएपछि हजारौं समर्थकहरूले बान्जुलमा उनको जितमा उत्सव मनाएका समाचारमा जनाइएको छ ।

अफ्रिकी राष्ट्र गाम्बियामा राष्ट्रपति निर्वाचनका लागि गत शनिबार मतदान भएको थियो । पूर्वतानाशाह याह्या जाम्मेह निर्वासनमा भागेपछि यहाँ राष्ट्रपतिको लागि निर्वाचन शुरु भएको हो । यहाँ जाम्मेहले १९९४ मा रक्तहीन ‘कू’द्वारा सत्ता कब्जा गरेपछि २२ वर्ष शासन गरेका थिए ।

प्रतिद्वन्द्वी उम्मेदवारहरूले आंशिक नतिजालाई चुनौती दिएको केही घण्टापछि पत्रकारहरूलाई अन्तिम नतिजा घोषणा गर्दै निर्वाचन आयोगका अध्यक्ष अलिउ मोमर न्जाइले ब्यारोलाई विजयी घोषणा गरेका थिए ।ब्यारोले आफ्ना समर्थकहरूलाई ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी चुनाव’ मा आफ्ना विरोधीहरूलाई मतदान गर्नेहरूलाई सम्मान गर्न आग्रह गरेका छन्।

“म सक्दो गर्नेछु र गाम्बियालाई हामी सबैको लागि राम्रो ठाउँ बनाउन मेरो अधिकारमा भएका सबै स्रोतहरू प्रयोग गर्नेछु,“ उनले नेका छन् । पूर्ण परिणामहरू घोषणा हुनु अघि, ब्यारोका तीन प्रतिद्वन्द्वीहरूले आंशिक नतिजाहरूलाई अस्वीकार गरेका थिए । “यस चरणमा हामी अहिलेसम्म घोषणा गरिएको नतिजालाई अस्वीकार गर्छौं,“ डार्बो र अन्य दुई उम्मेदवारहरूले संयुक्त विज्ञप्तिमा भनेका थिए ।

आधिकारिक नतिजा अनुसार, ८७ प्रतिशत मतदानको साथ – अर्को पाँच वर्षको लागि – मुख्य भूमि अफ्रिकाको सबैभन्दा सानो आफ्नो देशको नेतृत्व कसले गर्ने छनोट गर्न गाम्बियनहरू शनिबार मतदान केन्द्रहरुमा पुगेका थिए ।रासस /एएफपी

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top