×

NEPAL TIMES UPDATES

Playing
ट्रम्प–पुटिन–नेतन्याहु विश्वकै सबैभन्दा ’ठूला पीडक’ || Nepal Times
Apr 21, 2026
Playing
रविलाई आएकै दिन भेटेका कपुरले बालेनलाई जाने बेलामा भेट्लान् ? || Nepal Times
Apr 21, 2026
Playing
दुई मुद्दामा सरकारको बोली एक, वास्तविकता अनेक || Nepal Times
Apr 21, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-07-2083 || Nepal Times
Apr 21, 2026
Playing
के हो रास्वपाको अमेरिकी कनेक्सन ? || Nepal Times
Apr 21, 2026
Playing
६१ केन्द्रीय सदस्य देउवा पक्षलाई दिने भएपछि फुटबाट जोगियो कांग्रेस || Nepal Times
Apr 21, 2026
Playing
रविको अभियोग संशोधनविरूद्धको रिटको पेसी वैशाख १० गते || Nepal Times
Apr 21, 2026
Playing
इरान युद्धमा चीनको एन्ट्रीः अमेरिकाले जफत गरेको जहाजले खोल्यो रहस्य || Nepal Times
Apr 21, 2026
Playing
World News: Cubaसंग Americaको वार्ता, Iranसंग के होला ? Japanले छाड्यो शान्तिको बाटो || Nepal Times
Apr 21, 2026
Playing
रवि र बालेनले सुधनलाई के गर्लान् ? || Nepal Times
Apr 21, 2026

कर्णाली प्रदेशको पहिलो गौरवको आयोजना शिलान्यास

२० मंसिर २०७८

२० मंसिर, सुर्खेत ।

कर्णालीको पहिलो प्रदेश गौरवको आयोजनाका रुपमा सुर्खेत रङ्गशालाको निर्माण कार्य शुरु भएको छ । आज मुख्यमन्त्री जीवनबहादुर शाहीले सो रङ्गशाला निर्माण कार्यको शिलान्यास गरेका हुन् । रङ्गशाला निर्माण कार्य अघि बढाउन कर्णाली खेलकूद विकास परिषद् र निर्माण कम्पनी एमएसीजिएसएल ज्वाइन्टभेन्चर कान्तिपथ काठमाडौँ बीच यही कात्तिक अन्तिम साता सम्झौता भएको थियो ।

Advertisement
Advertisement

रङ्गशाला निर्माणका लागि प्रदेश सरकारले पहिलो पटक ग्लोबल बा्ेलपत्र आह्वान गरेको थियो । बोलपत्रमा सहभागी ६ कम्पनीमध्ये एमएसीजिएसएल ज्वाइन्टभेन्चर छानिएको हो । रङ्गशाला शिलान्यास गर्दै मुख्यमन्त्री शाहीले प्रदेश गौरवको आयोजना भएकाले यसको निर्माण कार्य तोकिएकै समयमा सम्पन्न गर्न निर्देशन दिए ।

“खेलकूद परिषद् र निर्माण कम्पनीले एक–एक मिनेटको महत्व बुझेर कामलाई गति दिनुहुनेछ भन्ने विश्वास लिएको छु”, उनले भने, “हामीले दशौं राष्ट्रिय खेलकूद प्रतियोगिता आयोजना गर्नुपर्नेछ, त्यस अगावै हाम्रा पूर्वाधार व्यवस्थित भइसक्नुपर्छ ।” साथै उनले प्रतियोगितामा पदक विजेता खेलाडीको जीविकोपार्जनका लागि प्रदेश सरकारले निश्चित मापदण्ड बनाउने प्रतिबद्धता व्यक्त गरे ।

शिलान्यास समारोहमा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री बिन्दमान विष्टले प्रदेशस्तरीय रङ्गशाला निर्माण हुनु सुर्खेतका लागि गौरवको विषय भएको बताए । भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री चन्द्रबहादुर शाहीले प्रदेश रङ्गशाला निर्माण गर्ने सरकारको योजनाले खेलकूदको विकासमा बहुआयामिक टेवा पुर्याउने धारणा राखे ।

कर्णाली प्रदेश खेलकूद विकास परिषद्का सदस्य सचिव विश्वामित्र सञ्ज्यालका अनुसार रु एक अर्ब ५९ करोड ४७ लाख लागतमा निर्माण हुने रङ्गशाला १० हजार दर्शक अट्ने क्षमताको बनाइनेछ । निर्माण कम्पनीलाई ३० महिनामा काम सम्पन्न गर्ने कार्यादेश छ । “रङ्गशालाभित्र खेल सञ्चालनका लागि आवश्यक पर्ने सबै खालका संरचना निर्माण गरिनेछ”, परिषद्का सदस्य सचिव सञ्ज्यालले भने, “रङ्गशालाको डिजाइनअनुसार संरचना भूकम्प प्रतिरोधी बन्नेछन्, बहुउद्देश्यीय कभर्डहल पनि बन्नेछ ।”

रङ्गशालाभित्र फिफाको मापदण्डअनुसार फुटबल मैदान र स्वीमिङ पुल निर्माण गरिनेछ । साथै, आठ लेनको सेन्थेटिक एथ्लेटिक्स ट्र्याक बनाइनेछ । भिआइपी प्यारापिट तथा प्रतिक्षालय, निर्णायक, चेञ्जिङ तथा रिफ्रेस कोठा, मेडिकल, फिजियोथेरापी र मिडिया कोठा निर्माण गरिनेछ । अपाङ्गतामैत्री संरचना, हरियाली ल्याण्डस्केप र भूमिगत पार्किङ निर्माण गर्ने गरी रङ्गशालाको ढाँचा तयार गरिएको परिषद्ले जनाएको छ । टिभी लाइभ ब्रोडकाष्ट प्लेटफर्म र रङ्गशालाभित्रै ओलम्पिक टर्च स्ट्याण्ड पनि निर्माण हुनेछन् ।

Advertisement

कर्णाली प्रदेश सरकारले असार १६ गते रङ्गशालालाई प्रदेश गौरवको पहिलो आयोजनाको रुपमा निर्माण अघि बढाउने निर्णय गरेको थियो । भौतिक संरचनाको अभावमा यहाँको खेलकूद क्षेत्र विकास हुन नसकेका बेला रङ्गशाला निर्माणले कर्णालीका खेलाडी उत्साही बनेका छन् ।रासस

भर्खरको समाचार

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

शेयर खरिदबारे सुधनको प्रष्टीकरणः शेयर किन्नु कहिलेदेखि अपराध भयो ?

sudhangurung30320261029351000x0-1775222839

भारतको पश्चिम बंगालमा चुनावको मुखैमा ९० लाख मतदाता गायब

eyJrZXkiOiJzdGF0aWMvbWVkaWEvaW1hZ2VzL0dldHR5SW1hZ2VzLTQ2MzM1MzQ0OS5qcGcifQ== (1)

सम्बन्धित खबरहरु

Scroll to Top