प्रधानन्यायाधीशको राजीनामा माग्न बारले अझै छाडेन

२१ मंसिर, काठमाडाैँ ।

प्रधानन्याायधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज मंगलबार पनि सर्वोच्च अदालत परिसरमा बिरोध प्रदर्शन गरेको छ । मंगलबार पनि नेपाल बार एशोसिएशन, सर्वोच्च अदालत बार एशोसिएशनसहितका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै बिरोध प्रदर्शन गरेका हुन् ।

बिरोध प्रदर्शनका क्रममा नेपाल बार एशोसिएशनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले प्रधानन्यायाधीश जबराले राजीनामा नदिइकन कानमा तेल हालेर बस्दा न्याय सुसञ्चालन हुन नसकेको बताए । उनले न्याय बेचबिखन गर्न र न्यायपालिकामा पुगेका आम मानिसहरुलाई न्याय नदिने काममा प्रधानन्यायाधीश जबरा लागिरहेको आरोप समेत लगाए । अध्यक्ष श्रेष्ठले प्रधान्यायाधीश जबराको बहिर्गमन हुन अब धेरै समय नलाग्ने दाबी गरे ।

Advertisement

अध्यक्ष श्रेष्ठले भने , ‘न्यायपालिकाको गरिमालाई उच्च राख्न, न्यायपालिकामा व्याप्त रहेको विसंगति, विकृति, विचौलिया भ्रष्टाचार रोक्न, जो अभियान चलाउँदै आइरहेका छौँ । यो अभियानको बाधकको रुपमा रहनु भएका प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामाको माग गर्दै हामीले कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा हामीले शान्तिपूर्ण धर्नाको कार्यक्रम जो गर्दै आइरहेका छौँ । प्रधानन्यायधीशले आफ्नो कानमा तेल हालेर राजीनामा नदिइकन जो बसिराख्नु भएको छ, त्यसले यो लम्बिँदै गइरहेको छ । यसमा हामीले सेवाग्राहीहरुलाई पनि ध्यान दिएर सेवाग्राहीलाई अन्याय पर्न नदिनको लागि, न्याय बेचबिखन हुन नदिनको लागि साँच्चिकै अन्यायमा परेकालाई न्याय दिनको लागि हामीले आन्दोलन गरिरहेका छौँ । तर त्यो न्याय बेचबिखन नरोक्नको लागि, न्याय नदिन, न्याय बेचबिखन गर्नको लागि उहाँ राजीनामा नदिकन बसिरहनु भएको छ । उहाँको राजीनामा हामीले मागिरहेका छौँ । अब उहाँको बहिर्गमन अवश्यम्भावी छ । न्यायपालिकाको गरिमा राम्रो भएन र न्यायपालिका स्वच्छ भएन, स्वतन्त्र भएन भने राज्यका अरु अंग पनि निकम्बा हुन पुग्दछन् ।’

जबराको राजीनामाका लागि ओलीलाई भेट्ने
अध्यक्ष श्रेष्ठले आजै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर प्रधानन्यायाधीश जबराको राजीनामाका बारेमा छलफल गर्ने बताए । नेपाल बार एशोसिएसनसहित देशभरका कानून व्यवसायीहरुले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै कार्तिक १४ गतेदेखि सर्वोच्च अदालत परिसरमा धर्ना दिइरहेका छन् ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top