×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

पूर्व राजाको समर्थनमा लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा : चित्रबहादुर के.सी.

२१ मंसिर २०७८

२१ मंसिर, काठमाडौं ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर के.सी.ले गणतन्त्र र धर्मनिरपेक्षता खतरामा परेको बताएका छन् । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै अध्यक्ष केसीले भारतीय सत्तारुढ पार्टी भाजपा, पूर्व राजा ज्ञानेन्द्र, राप्रपा र नेकपा एमाले गणतन्त्र र धर्म निरपेक्षता विरुद्ध एकजूट भएको आरोप लगाएका हुन्।

Advertisement
Advertisement

के.सी.ले भाजपाले नेपालको वर्तमान संविधान स्वीकार नगरेको र हालै राप्रपामा पूर्व राजाको समर्थनमा राजेन्द्र लिङ्देन अध्यक्ष बन्नु गणतन्त्रका लागि खतरा भएको जिकीर गरेका छन् ।

त्यस्तै, महाधिवेशनबाट शक्तिशाली अध्यक्ष बनेका एमाले अध्यक्ष केपी शर्मा ओली पनि भाजपासँग निकट बनेको दाबी गर्दै एमालेले बहुमत ल्याएको अवस्थामा मुलुकमा प्रतिगमनको खतरा बढ्ने अध्यक्ष केसीले जिकीर गरेका छन् ।

विज्ञप्ति : 

हालै नेकपा (एमाले) र राप्रपाको राष्ट्रिय महाधिवेशन भएको छ । ती महाधिवेशनहरू र तिनले देशको राष्ट्रिय राजनीतिमा पर्नसक्ने प्रभावबारे राष्ट्रिय जनमोर्चाको धारणा स्पष्ट गर्न यो वक्तव्य जारी गरिएको छ ।

संसारभर राजनीतिक दलको महाधिवेशनमा पहिला नीति तथा कार्यक्रम प्रस्तुत र पारित गरेपछि मात्र त्यो नीति तथा कार्यक्रमलाई लागू गर्ने नेतृत्वको चयन हुने प्रचलन छ । तर, नेकपा (एमाले)को राष्ट्रिय महाधिवेशनमा नीति तथा कार्यक्रमको एजेन्डा नै राखिएन, केवल नेतृत्वको चयन भयो । नीति तथा कार्यक्रमबारे पार्टी पङ्क्ति वा प्रतिनिधिहरूले पनि आवाज उठाएनन् । महाधिवेशन नेतृत्व चयनको लागि मात्र हो ? यस सम्बन्धमा निर्वाचन आयोगको पनि ध्यान जान जरुरी छ ।

केपी ओलीले आफू प्रधानमन्त्री हुँदा “समृद्ध नेपाल”को नारा दिए । तर, त्यो “समृद्धि” कसरी हासिल गर्नेबारे कुनै राष्ट्रिय नीति र कार्यक्रम बनाएनन् । उनी सरकारमा छँदा संसद छलेर अध्यादेश मार्फत् शासन गर्ने प्रयत्न गरे । आफ्नो पार्टीमा आफू अल्पमतमा परेपछि पार्टीको बैठक नै राख्न चाहेनन् वा पार्टीका निर्णय नै उनले मानेनन् । उनको यो तरिका व्यक्तिवादी, अराजकतावादी, निरङ्कुश र अप्रजातान्त्रिक कार्यशैली हो । यो कार्यशैलीको लागि संसद बाधक ठाने र २–२ पटक संसदको विघटन गरे । संविधान, कानुन र विधिको उनले पालना गरेनन् । यस प्रकारको कार्यशैली अधिनायकवादी कार्यशैली हो । यस्तो कार्यशैलीबाट कुनै पनि प्रकारको अधिनायकवादी तथा फासिष्ट शासनको उदय हुन सक्दछ ।

नीतिबारे छलफल नहुने, नेतृत्वको लागि मात्र प्रतिस्पर्धा हुनाले व्यक्तिवादीता र नीतिगत अराजकताको स्थिति उत्पन्न हुन्छ । देशका राजनीतिक पार्टीका नीति र कार्यक्रम सही हुनु, प्रजातान्त्रिक कार्यशैली र त्यस प्रकारको नेतृत्व हुनुले देशको विकासमा ठुलो महत्त्व राख्दछ । तर, पार्टीका नीति तथा कार्यक्रम अप्रजातान्त्रिक एवं गलत हुनु र विधान तथा विधिको उपेक्षा गर्दै नेतृत्वमा व्यक्तिको एकाधिकार स्थापना भयो भने देशमा अधिनायकवादी शासनको खतरा हुन्छ । त्यस प्रकारको खतरा नेकपा (एमाले)बाट पैदा भएको छ ।

महाधिवेशनपछि पनि ओलीको कार्यशैलीमा परिवर्तन भएको छैन । फेरि पनि संसद चल्न नदिने र संसद विघटन गराएर मध्यावधी चुनावमा जाने तिगडम उनले गर्दै छन् । महाधिवेशनमा जुन जनप्रदर्शन गरे, त्यो वास्तवमा चुनावी प्रचारका लागि थियो । उनको मुख्य ध्यान चुनावमा छ र भनिरहेका पनि छन् कि, चुनावमा दुई तिहाइ बहुमत ल्याउँछौँ । उनले त्यसरी बहुमत ल्याए भने संविधान संशोधन गरी जनआन्दोलनका उपलब्धी समाप्त पार्नेछन् । त्यसलाई रोक्ने एकमात्र उपाय ५ दलीय गठबन्धनलाई व्यवस्थित बनाउँदै जानु हो ।

राप्रपाको पनि राष्ट्रिय महाधिवेशन भएको छ । महाधिवेशनबाट राजतन्त्र र हिन्दु राष्ट्र पुनस्र्थापना गर्ने चर्को नारा दिने र पूर्व राजा ज्ञानेन्द्रको समर्थन प्राप्त राजेन्द्र लिङ्देन अध्यक्षमा चुनिएका छन् । उनको विजयले राजतन्त्र र हिन्दु राष्ट्रको कुरा बढी उठ्ने छ ।

भारतको कट्टर हिन्दुवादी पार्टी भाजपाका शासकहरूले नेपालमा हिन्दु राष्ट्र र राजतन्त्र पुनस्र्थापना गर्ने योजना साथ काम गरिरहेका छन् । यहाँ स्मरण गर्न आवश्यक छ कि भाजपाको सरकारको नेपालको गणतान्त्रिक संविधान प्रतिको विरोध जारी छ । केपी ओली भाजपा निकट हुन पुगेका छन् । नेपालको गणतन्त्र र धर्मनिरपेक्षताका विरुद्ध भारतको भाजपाको सरकार, नेकपा (एमाले), राप्रपा, पूर्वराजा समेतको बिचमा अघोषित गठबन्धन हुन पुगेको छ । कतिपय वामपन्थी सङ्कीर्णतावादीहरूले आफ्ना सङ्कीर्णतावादी दृष्टिकोणका कारणले गणतन्त्रको अन्त्यको वकालत गरेका छन् । उपरोक्त समग्र स्थितिमाथि विचार गर्दा गणतन्त्र र धर्मनिरपेक्षतामाथि गम्भीर खतरा अर्थात् प्रतिगमनको खतरा छ । त्यसका विरुद्ध सबै राष्ट्रवादी र गणतान्त्रिक शक्तिहरू सचेत र एकजुट हुनुपर्ने आवश्यकता छ ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top