स्थानीय तहका १६१३ कर्मचारीको एकैपटक सरुवा (सूचीसहित)

२१ मंसिर, काठमाडौं।

Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक हजार ६ सय १३ कर्मचारीको एकैपटक सरुवा गरेको छ।

मन्त्रालयले मंगलबार लोक सेवा आयोगबाट विभिन्न स्थानीय तहमा सिफारिस भई कार्यरत कर्मचारीहरूको अन्तर स्थानीय तहमा सरुवाको सूची सार्वजनिक गरिएको हो । लोक सेवा आयोगबाट सिफारिसमा ‘स्थानीय तहमा नियुक्त भएका कर्मचारीहरूको व्यवस्थापनसम्बन्धी मापदण्ड २०७७’ अनुसार ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयको भनाइ छ ।

Advertisement

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले सोमबार पत्रकार सम्मेलन गरी लामो समयदेखि अन्तर स्थानीय तह कामकाजमा खटाइदिन अनुरोध गर्दै कर्मचारीले दिएका निवेदनका आधारमा सरुवा गरिएको जानकारी दिए।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top