प्रधानमन्त्री र प्रधानन्यायाधीशको अडानका कारण न्यायालयमा निकास कठिन : ओली

२१ मंसिर, काठमाडौँ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा मागेर आन्दोलनमा उत्रिएको नेपाल बार एसोसिएसनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ज्ञापन पत्र बुझाएको छ ।

नेपाल बारसहित सर्वोच्च बारका पदाधिकारीले आज ओली निवास बालकोट पुगेर प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्ने क्रममा एमाले अध्यक्ष ओलीले यस विषयमा आफू जानकार रहेको भन्दै नेकपा एमाले समग्र न्यायालय सुधारको पक्षमा रहेको बताएको नेपाल बारका महासचिव लिलामणी पौडेलले जानकारी दिए । अध्यक्ष ओलीले बारलाई अदालत सुधारका सबै विषय उठाएर अघि बढ्न भनेका छन् । ओलीले भने, ‘न्यायालय सुधारका कुरामा कुनै आपत्ति छैन । न्याय पाउने स्थिति बनाउनुपर्छ तर कति भने जहाँ कमी छ त्यो कमी त हटाउनुपर्छ । न्यायालय सुधारका लागि उठाउनुभएका कुरालाई पूर्णता दिउँ । यो २० प्रतिशत कुरामात्रै उठाउनुभयो । १०० प्रतिशत कुरा उठाएर अगाडि बढौं ।’

उनले प्रधानन्यायाधीश हटाउनमा मात्रै बारको आन्दोलन केन्द्रित भएको बताए । कानुन व्यवसायी, बार र न्यायाधीश बसेर कुन मुद्दा के गर्ने भन्ने सेटिङ भएको दाबी गर्दै ओलीले प्रधानन्यायाधीशलाई हटाउँदैमा न्यायालय सुध्रिने ठाउँ आफूले नदेखेको बताए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले महाभियोग ल्याउन नमानेको र प्रधानन्यायाधीशलाई भाग दिएको अस्वीकार गरिरहेको तथा प्रधानन्यायाधीशले संवैधानिक प्रक्रियाबाट मात्रै जान्छु भनिरहेको अवस्थामा न्यायालयमा निकास निस्किन कठिन भएको ओलीले बताए ।

यसअघि बारले सभामुखलगायत अन्य राजनीतिक दलका नेताहरूलाई भेटेर प्रधानन्यायाधीश जबरालाई महाअभियोग लगाउनुपर्ने सुझाव सहितको ज्ञापन पत्र बुझाइसकेको छ ।

प्रधानन्यायाधीश जबराका कारण नेपालको न्यायालयमा विचलन आएको भन्दै कानुन व्यवसायीसहित न्यायाधीशहरूले समेत जबराको राजीनामा माग्दै आएका थिए ।

प्रधानन्यायाधीशसँग असन्तुष्ट न्यायाधीशहरू भने गोलाप्रथाबाट पेशी व्यवस्थापन लागु भएपछि इजलास फर्किए पनि कानुन व्यवसायीहरू निरन्तर आन्दोलनमा छन् ।

यता, प्रधानन्यायाधीश जबराले भने आफू संवैधानिक प्रक्रियाबाट नियुक्त भएकाले प्रक्रिया विपरीत राजीनामा नगर्ने अडान राख्दै आएका छन् ।

प्रधानन्यायाधीश जबराले राजीनामा नदिने अडान राखेपछि आन्दोलनमा उत्रिएको बारले उनीमाथि महाअभियोग लगाएर भए पनि हटाउनुपर्ने माग राजनीतिक दलहरू सामु राख्दै आएको छ ।

कानुन व्यवसायीहरूको माग अनुसार सत्ता गठबन्धनमा महाअभियोगबारे अनौपचारिक छलफल भए पनि ठोस निर्णय भने भइसकेको छैन ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले प्रधानन्यायाधीश राणामाथि महाअभियोग लगाउने हो भने संसद् पुनर्स्थापना गर्न आदेश दिने अन्य न्यायाधीशमाथि पनि महाअभियोग लगाउनुपर्ने बताउँदै आएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top