×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

सहमहामन्त्रीको सपना देखेका अमरेश महाअधिवेशन प्रतिनिधिमै पराजित

२२ मंसिर २०७८

२२ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेसका चतुर राजनीतिक खेलाडीका रुपमा चिनिएका सर्लाहीमा सांसद अमरेशकुमार सिंह पार्टीको महाधिवेशन प्रतिनिधिमा भने पराजित भएका छन् । आसन्न १४ औं महाधिवेशनबाट पार्टी केन्द्रको सहमहामन्त्री बन्ने सपना बोकेर सर्लाहीमा प्रतिनिधीका लागि होमिएका अमरेशलाई जिल्ला प्रतिनिधीहरुले उनलाई महाधिवेशन प्रतिनिधी नै बन्न अयोग्यको छाप लगाई दिएका छन् ।

विशेष गरी भारतसँगको निकट सम्बन्धलाई केन्द्रमा राखेर राजनीति गरिरहेका अमरेशको नेतृत्वमा पुग्ने सपनामा अहिलेलाई पनि उनकै कार्यकर्ताले पानी फेरिदिएका छन् । सर्लाही निर्वाचन क्षेत्र नम्बर–४ बाट प्रतिनिधित्व गर्ने उनी कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिमै पराजित हुन पुगे । बुधबार बिहान सार्वजनिक मत परिणामानुसार सिंहले २४८ मत मात्र प्राप्त गरेका छन् । प्रदेश २ का महिला बालबलिका मन्त्री वीरेन्द्रप्रसाद सिंहले ५१६ मत पाएर प्रतिनिधि बन्दा सिंह २४८ मत पाएर पराजित भए ।

Advertisement
Advertisement

पराजयसँगै सिंहले अब केन्द्रीय महाधिवेशनमा भाग लिन पाउने छैनन् । शेखर कोइराला पक्षमा रहेका सिंहविरुद्ध शेरबहादुर देउवा र विमलेन्द्र निधि पक्ष एक भएका थिए । सिंहलाई हराउनकै लागि सो क्षेत्रका प्रदेश सांसदहरु उपेन्द्र कुशवाह र वीरेन्द्र सिंह एक भएका थिए । अमरेशको पकड भएको तीन वडामा अधिवेशन हुन नदिइएपछि उनी हार्ने आँकलन पहिले नै गरिएको थियो । उनीविरुद्ध गठबन्धन बनाएको अर्को पक्षसँग उनको प्यानल नै पराजित भएको हो ।

प्रतिनिधिसभा चुनावमा भारी मतले जितेका सिंह पार्टीको आन्तरिक चुनावमा भने गुटबन्दीका कारण महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् । अमरेशले पार्टीको केन्द्र र सरकारसमेत आफूलाई हराउन लागि परेको आरोप लगाएका छन् । संस्थापनइतर पक्षलाई कमजोर बनाउन शक्तिको दुरुपयोग गरिएपछि सर्लाहीमा विवाद बढेर वडा अधिवेशनसमेत हुन सकेको थिएन । तीन जना निर्वाचन अधिकृतले चुनाव गराउने नसक्ने भन्दै राजीनामा दिएका थिए । अधिवेशनकै दौरान सर्लाहीमा गोली समेत चलेको थियो ।

Advertisement

सर्लाहीको बलरा नगरपालिका स्थित गडहियामा वडा अधिवेशनका क्रममा मतदान अधिकृतलाई नियन्त्रणमा लिन खोज्दा झड्प भएको थियो । सो क्रममा ३ सुरक्षाकर्मी एक मतदान अधिकृत र एक काग्रेस कार्यकर्ता घाईते भएका थिए । त्याहा वीरेन्द्र कुमार सिंहका अंगरक्षकले गोली चलाएका थिए । अमरेश र वीरेन्द्र एउटै निर्वाचन क्षेत्रबाट र एउटै पार्टीबाट निर्वाचित भएपनि यी दुबैबीच शुरुदेखि नै द्वन्द्व रहँदै आएको थियो । एउटै पार्टीमा भएपनि एकले अर्कालाई देखिनसक्ने स्थितिमा थिएनन् । साउन ७ गते अमरेशलाई कारवाहीको माग गर्दै वीरेन्द्रसहित १२ नेताले पार्टी सभापति शेरबहादुर देउवालाई ज्ञापन बुझाएका थिए । क्रियाशील सदस्यता वितरणमा असन्तुष्टि जनाउँदै अमरेशले प्रतिनिधिसभा सदस्य पदबाट राजीनामा बुझाएपछि वीरेन्द्रसहितका नेताले उनलाई कारवाही गर्न माग गरेका थिए । पार्टी विरोधी र पार्टी संगठनलाई कमजोर गर्ने कार्यमा अमरेश लागेको भन्दै विधान बमोजिम कारबाही नभए आफूहरुले नै राजीनामा दिने उनीहरुले चेतावनी दिएका थिए ।

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top