नेपाली कांग्रेस भित्रको चुनावी प्रक्रिया के छ ?

२२ मंसिर, काठमाडाैँ ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशन मंसिर २४ गते अर्थात आगामी शुक्रबार बाट सुरु हुदैछ । देश संघिय संरचनामा गए पछि नेपाली कांग्रेसको यो पहिलो महाधिवेशन हो ।

Advertisement

यस महाधिवेशनले १४ जनाको पदाधिकारी सहित १६७ जनाको केन्द्रिय समिति बनाउने छ । कांग्रेसको १४ औं महाधिवेशनबाट एकजना सभापति, २ उपसभापति २ महामन्त्री र ८ सहमहामन्त्री (क्लस्टर) बाट चयन हुने छन् । कांग्रेसको शंसोधित बिधान अनुसार सहमहामन्त्रीहरु विभिन्न क्लस्टरबाट उम्मेद्वार बन्ने तर सबै केन्द्रीय महाधिवेशन प्रतिनिधिले निर्वाचित गराउने छन् । तर कोषाध्यक्षको भने प्रत्यक्ष निर्वाचन नहुने व्यवस्था गरिएको छ । महाधिवेशनबाट निर्वाचित भएका केन्द्रीय सदस्य मध्यबाट सभापतिले सिफारिस गरेको व्यक्तिलाई केन्द्रीय समितिको बैठकले अनुमोदन गरेर कोषाध्यक्ष बनाउने व्यवस्था गरिएको छ ।

१४ औं महाधिवेशनबाट कम्तिमा दश वर्ष निरन्तर कांग्रेसको क्रियाशील सदस्य भएका केन्द्रीय महाधिवेशन प्रतिनिधिमध्येबाट प्रत्यक्ष (खुला) ३५ जना केन्द्रीय सदस्य निर्वाचित हुनेछ भने सभापतिको सिफारिसमा नवनिर्वाचित केन्द्रीय समितिले थप ३३ जना केन्द्रीय समिति मनोनयन गने व्यवस्था विधानमा छ । केन्द्रीय समितिमा महिलाबाट ९ जना, प्रत्येक प्रदेशबाट एक महिलासहित ३ हुने गरि २१ जना, दलितबाट ४ महिलासहित ९ जना, आदिवासी जनजातीबाट ७ महिलासहित १५ जना, खसआर्यबाट ६ महिलासहित १३ जना, मधेशीबाट ४ महिलासहित ९ जना, थारुबाट २ महिलासहित ४ जना, मुस्लिमबाट १ महिलासहित ३ जना र पिछडिएको क्षेत्रबाट १ जना गरि ५४ जना केन्द्रीय सदस्य चुनिने छन् । यसमा अपाङ्गता वा अल्पसङ्ख्यक समूहबाट १ केन्द्रिय सदस्य निर्वाचित हुनेछन् ।

Advertisement

यता सभापतिले मनोनयन गर्ने ३३ जना केन्द्रीय सदस्य बिधानअनुसार निर्वाचित भएर आउन नसकेको विभिन्न क्लस्टरहरु महिला, समावेशी सिद्धान्त र अपाङ्गता वा अल्पसङ्ख्यक वा पिछडिएको क्षेत्रको प्रतिनिधित्वलाई ध्यानमा राखी मनोनयन गर्नु पर्ने छ । निर्वाचित केन्द्रीय समितिमा क्लस्टर र आरक्षण गरिएको समूहबाट मात्र महिला निर्वाचीत भए ४१ जना हुनेछन । समावेशी र समानुपातिक सिद्धान्त अनुसार सभापतिले थप १४ जना महिलालाई केन्द्रीय सदस्यमा मनोनित गर्नु पर्ने हुन्छ अनि मात्र ३३ प्रतिशत महिला केन्द्रिय सदस्यमा पुग्नेछन ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top