×

NEPAL TIMES UPDATES

Playing
संसदमा १२ सभापतिलाई तलब, घरभाडा सहित गाडीको सुविधा || Nepal Times
Apr 17, 2026
Playing
चीनतर्फ भारतको एप्पल पाटपुर्जा निर्यात कीर्तिमानी स्तरमा|| Nepal Times
Apr 17, 2026
Playing
आज महान आमाको मुख हेर्ने दिन
Apr 17, 2026
Playing
लेब*नान–इजरा*यल ऐतिहासिक १० दिने यु*द्धविराम, बेरु*तमा उत्सव|| Nepal Times
Apr 17, 2026
Playing
आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह|| Nepal Times
Apr 17, 2026
Playing
आमाप्रति श्रद्धाभाव गरेर औँसी मनाइँदै, थानकोटको मातातीर्थमा मेला || Nepal Times
Apr 17, 2026
Playing
प्रधानमन्त्रीसँग मुख्यमन्त्रीले गरे गाँ जा खोल्ने प्रस्ताव || Nepal Times
Apr 16, 2026
Playing
दिपक खड्कालाई रिहा गर्न सर्वोच्चको आदेश, विदेश जान अनुमति चाहिने || Nepal Times
Apr 16, 2026
Playing
उर्जाका सबै समस्या समाधान गर्न विराजभक्तले कम्मर कसे,रोजगारी र लगानी सुनिश्चित || Nepal Times
Apr 16, 2026
Playing
के पूरक बयानका लागि ओली र लेखकलाई फेरि बोलाइन्छ ? || Nepal Times
Apr 16, 2026

च्याम्पियन्स लिग: बार्सिलोना समूह चरणबाटै बाहिरियो

२३ मंसिर २०७८

२३ मंसिर, एजेन्सी ।

क्याटलान क्लब बार्सिलोना च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिएको छ । बुधबार राति भएकाे खेलमा जर्मन क्लब बायर्न म्युनिखसँग ३–० को हार र अर्काे खेलमा बेन्फिकाले जित निकालेपछि बार्सिलोना समूह चरणबाटै बाहिरिएको हो ।

Advertisement
Advertisement

बर्सिलोना दुई दशकपछि समूह चरणबाट बाहिरिएको हो । यसअघि सन् २०००/०१ सिजनमा समूह चरणबाट बाहिरिएको थियो । जाभी हर्नान्डेज च्याम्पियन्स लिगबाट बाहिरिने बार्सिलोनाको खेलाडी र प्रशिक्षक बनेका छन् । २०००–०१ म जाभी बार्सिलोनाको युवा खेलाडी र यसपटक टोलीको मुख्य प्रशिक्षक रहेका थिए ।

एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा घरेलु टोली बायर्नको जितमा थोमस मुलर, लिरोए साने र जमल मुसिएलाले गोल गरे । बायर्नले पहिलो हाफमा दुई तथा दोस्रो हाफमा एक गोल थपेको थियो ।

खेलको ३४औं मिनेटमा थोमस मुलरले गोल गर्दै घरेलु टोली बायर्नलाई अग्रता दिलाए । उनले रोबर्ट लेवान्डोस्कीको पासमा हेडमार्फत गोल गरेका थिए । ४३औं मिनेटमा लिरोए सानेले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे । उनले किङ्सले कोमानको पासलाई सदुपयोग गरे ।

६२औं मिनेटमा जमल मुसिएलाले गोल गर्दै बायर्नलाई ३–० ले अघि बढाए । उनले अलफन्सो डाभिसको पासमा गोल गरेका थिए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्नले जित निकाल्दै बार्सिलोनालाई समूह चरणबाटै नकआउट गराए । प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले केही अवसर सिर्जना गरेपनि सदुपयोग गर्न नसक्दा पराजित हुन पुग्यो ।

यो जितसँगै बायर्नले समूह ‘ई’ मा शतप्रतिशत जित निकाल्दै समूह विजेता बन्दै प्रि–क्वाटरफाइनलमा पुग्न सफल भयो । बायर्नले ६ खेलबाट १८ अंक जोड्यो । पराजित बार्सिलोना ७ अंक जोडेर तेस्रो स्थानमा रह्यो ।

बार्सिलोनाले समूह चरणमा दुई जित, एक बराबरी र तीन हारको नतिजा निकाल्यो । बार्सिलोनाले बायर्नसँग दुई खेलमा समान ३–० र बेन्फिकासँग ३–० को कै हार बेहोरेको थियो । डेनामो किएभलाई दुवै खेलमा समान १–० ले पराजित गर्दा बेन्फिकासँग एक खेलमा गोलरहित बराबरी खेल्यो ।

Advertisement

यही समुहको अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले युक्रेनी क्लब डेनामो किएभलाई २–० ले पराजित गर्दै समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भयो । बेन्फिकाले समूह चरण पार गर्न जित निकाल्नै पर्ने खेलमा जित तथा अर्काे खेलमा बार्सिलोनाले हार भोगेपछि समूह चरण पार गर्न सफल भएको हो ।

भर्खरको समाचार

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

बालेन सरकारको प्रतिरक्षामा कलाकार, धनी भएकाले नै अब भ्रष्टाचार हुँदैन

670200642_880540235011019_6960321166116653165_n

युद्ध अन्त्य हुने दाबी, ट्रम्पलाई रोक्ने प्रस्ताव अमेरिकी सदनमा विफल

Screenshot 2026-04-16 124629

डिजल र मट्टीतेल एकैपटक लिटरको ३० रुपैयाँ महँगियो

petrol-pump-india_AFP

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top