Nepal Times
Nepal Times
3
Shares

नाडामा नयाँ नेतृत्वका लागि मतदान सुरु

नाडामा नयाँ नेतृत्वका लागि मतदान सुरु

२३ मंसिर, काठमाडाैँ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको नयाँ नेतृत्वका लागि निर्वाचन सुरु भएको छ । बिहान ८ बजे देखि मतदान सुरु हुने भनिए पनि केही समय ढिला सुरु भएको छ । मतदानको लागि नाडाका सदस्यहरु विहान देखि मतदान हुने स्थान राजधानीको सोल्टी होटलमा लामबद्ध भएर बसेका छन् ।

नाडाको ४५ औं वार्षिक साधारण सभा बुधवार देखि सुरु भएको हो । नाडाको नयाँ नेतृत्वका लागि ब्याबसायी करण चौधरी र ध्रुब थापाले उम्मेदवारी दिएका छन् । चौधरी र थापा समूह प्यानलनै बनाएर चुनाबी मैदानमा उत्रिएका छन् । नाडाको नयाँ नेतृत्वको लागि २ हजार २ सय नाडाका सदस्यले मतदान गर्ने छन् ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.