सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने देउवाको वचन

२३ मंसिर, काठमाडाैँ ।

Advertisement

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १४ औं महाधिवेशनमा सकेसम्म सहमतिमा नेतृत्व चयन गर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले सहमतिका लागि गरिएको प्रयास सफल नभएमात्रै निर्वाचनबाट नेतृत्व चयन हुने पनि स्पष्ट पारे ।

डा. प्रकाशशरण महतले लेखे- ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’
पार्टीका सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा लिखित पुस्तक ‘नेपाली कांग्रेस एण्ड नेशन बिल्डिङ’ नामक पुस्तकको बिहीबार काठमाडौंमा विमोचन गर्दै उनले नेतृत्व चयनका लागि हुने प्रतिस्पर्धालाई लिएर कुनै पनि किसिमको कटूता, मनोमालिन्य र असहिष्णुता प्रर्दशन नगर्न पनि आग्रह गरे । प्रधानमन्त्री देउवाले महाधिवेशनलाई सफलताका साथ सम्पन्न गरेर गाउँघरमा फर्की कांग्रेसलाई आगामी आम निर्वाचनमा सबैभन्दा ठूलो पार्टी बनाउने अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई आह्वान गरे ।

Advertisement

उनले भने, ‘महाधिवेशन सुरु भईरहेको छ, हाम्रो पार्टीको । अहिलेको पार्टीको महाधिवेशन अत्यन्तै महत्वपूर्ण छ–नेपाली कांग्रेसको लागि । मलाई लाग्छ–नेपालको प्रजातान्त्रिक भविष्यका लागि पनि यो अत्यन्तै महत्वपूर्ण महाधिवेशन हो । यो महाधिवेशनमा सबै साथीहरुको उत्साह छ । सबै मानिस उत्साहित भएर आएका छन । मलाई विश्वास छ–यस उत्साहपूर्ण घडीमा यसलाई सफल पारेर फर्किदा खेरी सबै पार्टीका साथीहरुले अत्यन्तै उत्साहका साथ गाउँघरमा फर्केर पार्टीलाई बलियो बनाएर भोलीको आम चुनावमा नेपाली काँग्रेसलाई फष्ट पार्टी सबभन्दा ठूलो पार्टी बनाउने काममा सबै साथीहरु लाग्नुहोला भन्ने अनुरोध गर्न चाहन्छु । मलाई अहिले धेरै समय छैन । मलाई विश्वास छ–यस काममा हाम्रा पार्टीका सबै साथीहरु लाग्नु हुनेछ । हामीहरु भरसक सहमतिका साथ अगाडि जान्छौं । नभएको प्रजातान्त्रिक तरिकाले, केही लागेन भने महाधिवेशनमा प्रतिस्पर्धा पनि होला । तर प्रतिस्पर्धामा जितहार हुन्छ । त्यसमा हार्नेले जित्नेलाई सहयोग गर्ने, जित्नेले हार्नेको सहयोग लिने । यसलाई सामान्य प्रक्रियाको रुपमा लिने, कुनै पनि किसिमको कटूता, मनोमालिन्य, एकअर्कामा असहिष्णुता नआओस् । यी कुराहरुबाट अगाडि बढनुपर्छ ।’

प्रधानमन्त्री देउवाले नेपालको प्रजातान्त्रिक भविष्यका लागि समेत नेपाली कांग्रेसको १४ औं महाधिवेशन महत्वपूर्ण रहेको दावी समेत गरे । कार्यक्रममा कांग्रेस सहमहामन्त्री एवम् लेखक महतले पुस्तक नेपाली कांग्रेसको आर्थिक नीति जान्न चाहनेका लागि उपयोगी हुने बताए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top