काठमाडौं, साउन २७
नेपाली कांग्रेसले पार्टीका पूर्व केन्द्रीय सदस्य भरतसमशेर राणाको निधनमा तीन दिन झण्डा आधा झुकाउने निर्णय गरेको छ । केन्द्रीय कार्यालय सानेपा ललितपुरमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्य समितिको बैठकले राणाको निधनप्रति दुःख व्यक्त गर्दै यही आजदेखी ३ दिन सम्म दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरुमा झण्डा आधा झुकाउने निर्णय गरेको हो ।
भोलि सोमवार केन्द्र तथा जिल्ला कार्यालयहरु बन्द गर्ने र १३ औँ दिनमा केन्द्रीय कार्यालयमै शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेको छ । राणाको शनिबार ९० वर्षको उमेरमा उनकै निवास कोलकातामा निधन भएको थियो ।