कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्छ: मीनेन्द्र रिजाल

२४ मंसिर २०७८, शुक्रबार
Share this
698shares

२४ मंसिर, काठमाडौँ।

Advertisement

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं रक्षामन्त्री डा मीनेन्द्र रिजालले पार्टीको १४औँ महाधिवेशनबाट कांग्रेस नेतृत्वमा नयाँ अनुहार आउनुपर्ने बताएका छन् ।

कांग्रेसको १४औँ महाधिवेशनको पूर्वसन्ध्यामा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले महाधिवेशनपछि नेतृत्वमा नयाँ अनुहार आउने बताएका हुन् ।

Advertisement

“अहिलेको नेतृत्व लिएर निर्वाचनमा जाँदा जनताले नपत्याउन सक्छन्, पार्टीभित्र नयाँ अनुहार आउनुपर्छ”, उनले भने। संस्थापन इतर समूहबाट मन्त्री बनेका नेता रिजालले संस्थापन इतर नेताबाट साझा उम्मेदवार तय गरिने बताए ।

यसभन्दा पहिले केन्द्रीय सदस्य भइसकेकाले अब महामन्त्री पदमा उम्मेदवारी दिने सोच रहेको उनले उल्लेख गरे। “सभापतिको उम्मेदवारी नै तय भएको छैन, म कहाँ उठ्ने सिट खोजिरहेको छु”, उनले भने। आज बेलुकासम्म संस्थापन इतर समूहबाट साझा उम्मेदवार चयन गरिने मन्त्री रिजालले बताए । रासस

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top