पूर्वडीआईजी रमेश खरेल आज नयाँ दल घोषणा गर्दै

२४ मंसिर, काठमाडौं।

नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) रमेश खरेल औपचारिक रुपमै राजनीतिमा आउने भएका छन्। नेपाल सुशासन अभियानमार्फत भ्रष्टाचार विरोधी अभियानमा लागेका खरेलले आज (शुक्रबार) एक भेला आयोजना गरी पार्टी गठनको घोषणा गर्न लागेका हुन्।

खरेलले दिउँसो साढे ३ बजे अनामनगरमा एक कार्यक्रम गरी नेपाल सुशासन पार्टी घोषणा गर्न लागेका हुन्। खरेलले भने, ‘नेपाललाई समृद्ध, सफल र शक्तिशाली देश बनाउने थुप्रै सम्भावनाहरु छन् । तर, हाम्रो देश राजनीतिक अस्थिरता, कुशासन, भ्रष्टाचार जस्ता कारणले गर्दा विकासको गति लिन पाएन। तसर्थ सबै नेपालीको मर्म बुझ्न सक्ने, नेपाललाई सफल र शक्तिशाली देशको रुपमा स्थापित गर्न सक्ने, मानवता, विकास र समृद्धिलाई स्थापित गर्ने उद्देश्यसहित नेपाल सुशासन पार्टी गठन गर्न भेला आयोजना गरेका छौं।’

Advertisement

खरेलले प्रस्तावित यो पार्टीका नाममा अभियान पनि चलाउँदै आएका छन्। उनी सो पार्टीको संयोजकको रुपमा रहेका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top