नम्रता श्रेष्ठ मिस वर्ल्डको अन्तिम ३० मा प्रवेश

२४ मंसिर ७८, शुक्रबार
Share this
699shares

२४ मंसिर, काठमाडौं।

Advertisement

मिस नेपाल नम्रता श्रेष्ठ मिस वर्ल्डको टप ३० मा पुगेकी छन् । हाल अमेरिकामा भइरहेको मिस वर्ल्डमा नम्रताले इन्डोनेसियाको प्रतिनिधित्व गर्दै आएकी प्रतियोगीलाई पछि पार्दै टप ३० मा आफ्नो स्थान सुरक्षित बनाएकी हुन्।

उनले हेड–टु–हेड च्यालेन्जमार्फत इन्डोनेसियाकी कार्ला युलिसलाई पछि पार्दै टप ३० मा उक्लिएकी हुन्। मिस वर्ल्डको फाइनल डिसेम्बर १७ मा अमेरिकामा हुँदैछ।

Advertisement

नम्रतासँगै पाराग्वे, क्यामरुन, फिलिपिन्स, बोट्सवाना, निकुरागुवालगायतका देशका अन्य सुन्दरीले पनि शीर्ष ३० मा स्थान सुरक्षित बनाएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top