शेखरको टिमबाट विश्वप्रकाश र गगन महामन्त्री उठ्ने!

२५ मंसिर, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसको रामचन्द्र पौडेल समूहले शेखर कोइरालालाई सभापतिको उम्मेदवार बनाउने भएको छ । सभापतिको चुनाव नलड्ने घाेषणा गरेका वरिष्ठ नेता पौडेल समूहबाट सभापति उम्मेदवार शेखर हुनेछन् ।

पूर्वमहामन्त्री प्रकाशमान सिंहले छुट्टै टीम बनाएपछि साे समूहबाट शेखरलाई सभापतिको उम्मेदवार बनाउन लागिएकाे हाे । पौडेल समूहका नेताहरु टीम बनाउन जुटेका छन् ।

Advertisement

यो समूहबाट एक जना महामन्त्रीको उम्मेदवारमा गगनकुमार थापा पक्का छ । अर्को महामन्त्रीको उम्मेदवारमा विश्वप्रकाशलाई ल्याउने तयारी गरिएकाे छ । पार्टी सभापति शेरबहादुर देउवानिकट रहेका शर्मा देउवाको प्यानलबाट महामन्त्री नपाउने भएपछि नयाँ टिमबाट महामन्त्री उठ्न लागेका हुन।

यसअघि शर्मालाई तीन सभापतिका आकांक्षी शेखर कोइराला, विमलेन्द्र निधि र प्रकाशमान सिंहले महामन्त्री उठ्न निम्ता दिएका थिए। तर शर्माले भने गगनसँगै रहेर शेखरको टिमबाट महामन्त्रीमा उम्मेदवारी दिन लागेको उनीनिकट स्रोतले जनायो।

Advertisement

आज ५ बजेसम्म उम्मेदवारी दर्ता गर्नुपर्ने भएकोले उपसभापति, महामन्त्रीलगायत अन्य पदका उम्मेदवार पनि तय गर्न छलफल भएको छ।

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top