प्रचण्डपुत्रीलाई मेयरमा जिताउन खेलेको भूमिका कांग्रेसको चरम राजनीतिक विचलन : सिंह

२५ मंसिर, काठमाडौँ ।

Advertisement

कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहले पार्टी सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रसँग सत्ता बाँडफाँडको सहमतिको आलोचना गरेका छन् । शनिबार केन्द्रीय कार्यसमितिको सभापतिमा उम्मेदवारी घोषणा गर्दै सिंहले सत्तामा बसिरहने मनोविज्ञानबाट सभापति देउवाले माओवादीसँग सहमति गरेको आरोप लगाएका हुन् ।

सिंहको उम्मेदवारी घोषणापत्रमा भनिएको छ, ‘सभापतिजीले माओवादी केन्द्रसँग आलोपालो प्रधानमन्त्री बन्ने सर्तमा गरेको सत्ता बाँडफाँडको सम्झौता र निर्वाचनपछि पनि सत्तामा बसिरहने मनोविज्ञानबाट चितवनमा प्रचण्डको राजनीतिक धरातल बनाइदिन गएको स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकामा प्रचण्ड पुत्रीलाई मेयरमा जिताउन हाम्रो पार्टी सभापतिले खेलेको भूमिका, नेपाली काँग्रेसको चरम राजनीतिक विचलन र पार्टी सभापतिको सत्ता केन्द्रित राजनीतिको पराकाष्टा थियो ।’

Advertisement

सिंहले पार्टी केन्द्रीय कार्यसमितिमा कुनै छलफलसम्म नगरी स्वेच्छाचारी ढङ्गबाट देउवा एक्लैले ठूलो आत्मघाती निर्णय गरेको आरोप लगाएका हुन्। उले भनेका छन्, ‘उक्त घटनाले देशव्यापी रूपमा स्वाभिमानी कांग्रेसीजनको शीर निहुर्‍याएको थियो । पार्टी सभापतिजीको सत्ता स्वार्थबाट अभिप्रेरित भएर गरिएको यो सिद्धान्तहीन अराजनीतिक कदमले निर्वाचनमा देशव्यापी रूपमा पार्टीलाई ठूलो क्षति पुगेको थियो भन्ने मेरो ठहर छ ।’

पार्टीका नेता र सभापति पार्टीको सिद्धान्त र आदर्शविपरीत काम गरेको पनि सिंहकाे आरोप छ। आगामी दिनमा पार्टी सञ्चालन गर्दा विधानको अक्षरसः पालना आफ्नो प्रमुख प्राथमिकता हुने सिंहले दाबी गरेका छन् ।

Advertisement

प्रकाशमान सिंहको उम्मेदवारी घोषणापत्र:

 

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top