प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालय सुध्रिँदैन, बारले आन्दोलन फिर्ता लिँदा राम्रो : महासेठ

२५ मंसिर, काठमाडाैँ ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का नेता रघुवीर महासेठले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आएको नेपाल बार एशोसिएशन नेतृत्वको कानुन व्यवसायीहरुको आन्दोलनको कार्यक्रम फिर्ता लिँदा राम्रो हुने टिप्पणी गरेका छन् । पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता महासेठले प्रधानन्यायाधीश जबरा एउटाले राजीनामा दिँदैमा न्यायालय सुध्रिने अवस्था नभएको भन्दै सो आन्दोलन नेपाल बारले फिर्ता लिँदा राम्रो हुने बताएका हुन् ।

शनिबारबाट भक्तपुरको गठ्ठाघरमा सुरुभएको पार्टी केन्द्रिय कमिटीको बैठकमा भाग लिने क्रममा उनले सञ्चारकर्मीहरुले राखेको जिज्ञासाको जवाफ दिने क्रममा प्रधानन्यायाधीश जबरामात्रै नभई शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल भएका सबै न्यायाधीशहरुले राजीनामा दिनुपर्ने तर्क पनि बताए । संसदमा महाअभियोग लगाउने हो भने पनि देउवालाई प्रधानमन्त्री बनाउने चलखेलमा सामेल सबै न्यायाधीशहरुलाई लगाउनुपर्ने उनको भनाई थियो । नेता महासेठले भने, ‘न्याय नपाएर जनताले दुःख पाएका छन । यो आन्दोलन बास्तवमा बार एशोसिएशनले फिर्ता लिए राम्रो हुन्छ । पक्ष, विपक्षको कुरा होईन । एउटा प्रधानन्यायाधीशले राजीनामा दिँदैमा न्यायालय सुध्रिन्छ ? त्यो होइन । तपाईलाई थाहा छ–अहिलेको जुन वर्तमान सरकार हाम्रो सम्माननीय प्रधानमन्त्री देउवाको नेतृत्वमा बनेको छ । कुन प्रकारले बनेको छ ? त्यसमा कसरी चलखेल भएको छ । त्यो दिनप्रतिदिन भण्डाफोर भईरहेको छ । भनेपछि यो चलखेलमा सामेल एउटा प्रधानन्यायाधीशले मात्रै किन, अरु न्यायाधीशहरुले पनि राजीनामा दिनु प¥यो । महाअभियोग लगाउने हो भने पनि सबैमाथि लाग्नु प¥यो ।’

नेता महासेठले सत्ता पक्षले प्रस्ताव ल्याएपछि मात्रै एमसीसी के गर्ने भन्ने बारे पार्टीले आफ्नो धारणा सार्वजनिक गर्ने बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top