×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

महाविधेशनका नाममा एमाले र कांग्रेसले भीड मात्रै जम्मा पारे, हामी विचार निर्माण गर्छौं : प्रचण्ड

२५ मंसिर २०७८

२५ मंसिर, काठमाडाैँ ।

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र कांग्रेसको अधिवेशन विचार र सिद्धान्तको बारेमा छलफल गर्ने नभई भीड जम्मा गर्ने थलोको रुपमा रहेको टिप्पणी गरेका छन् । शनिवार माओवादी केन्द्रको सबै प्रदेशको प्रदेश सम्मेलनलाई काठमाडौंबाट एकैसाथ उद्घाटन गर्दै अध्यक्ष दाहालले नेकपा(एमाले) र नेपाली कांग्रेसको अधिवेशनमा विचार र सिद्धान्तको बहस नभएको भन्दै टिप्पणी गरेका हुन् ।

Advertisement
Advertisement

एमाले अधिवेशनलाई पञ्च¥यालीको संज्ञा दिदैँ उनले एमाले अधिवेशन विचार हिनताको र विचार शुन्यताको अधिवेशनको रुपमा सम्पन्न भएको बताए। त्यस्तै अहिले चलिरहेको नेपाली कांग्रेसको अधिवेशनमा पनि राष्ट्र कस्तो बनाउने र समाजवादउन्मुख राज्य कसरी बनाउने भन्ने सम्बन्धमा बहस नगरिएको भन्दै आलोचना गरे । उनले भने – ‘अरु पार्टीले ठुल्ठुला अधिवेशन भनेर भीड जम्मा गर्ने गरेका छन् । तपाईँ हामीले देख्यौँ, एमाले नामको अधिवेशन पनि देख्यौँ । अहिले कांग्रेसको अधिवेशन चलिराखेको छ । तर ति सबै एमाले त मैले त त्यसलाई पञ्च¥याली भन्दा अरु देख्दिनँ । त्यो बिल्कुल पञ्च¥याली, सिद्धिने बेलाको, निभ्ने बेलाको बत्ति भन्याजस्तो मात्रै हो त्यो । त्यहाँ न कुनै बिचार, न कुनै बहस, न कुनै विधि, न कुनै पद्धती, निरंकुशताको, विचार शुन्यता र विचार हिनताको अधिवेशनको रुपमा गयो त्यो । दुनियाँले देख्यो । तपाई हामी सबैले देख्यौँ नि त्यहाँ कुनै प्रस्ताव माथि छलफल भयो ? कुनै विचारमा बहस भयो ? त्यहाँ माक्र्सवादको म पनि उच्चारण गरियो नेतृत्वबाट कहीँ ? समाजवादको कुरा गरियो भन्दा कहीँ केही छैन । त्यहाँ व्यक्ति पुजाको कुरा गरियो । व्यक्तिको अन्धताको प्रचार गरियो । र सिद्धान्तहिनताको प्रदर्शन गरियो । नेपाली कांग्रेसको पनि हामी हेरिराख्या छौँ, उहाँहरुको त झन विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज नोमिनेशन हुन्छ, भोली फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो । त्यहाँ राष्ट्र कस्तो बनाउने ? कसरी लैजाने ? हाम्रो संविधानले भनेको समाजवादउन्मुख राज्य कसरी बनाउने होला भन्नेतिर बहस छैन । इतिहासको समिक्षा हामीले कसरी गर्ने ? हाम्रा कमजोरीहरु कहाँ भए ? हामीले ति कमजोरीहरु कसरी सच्याउने भन्नेतिर ति ठुला भनिएका दुईटै पार्टीका महाधिवेशनमा कहीँ कतै चर्चा भएको तपाई हामीले देख्यौँ त ?’

अध्यक्ष दाहालले माओवादी पार्टीभित्र वैचारिक अस्पष्टताका कारण गुटबन्दी र अराजकता लगायतका समस्या देखिएको बताए । पार्टी भित्र विचारको समस्या रहेको र गन्तव्य स्पष्ट नभएको उनको भनाई छ । उनले आगामी राष्ट्रिय सम्मेलनबाट २१ औँ शताब्दीलाई सुहाउँदो नयाँ विचार लिएर आउने र पार्टीलाई विचारमा सशक्त बनाउने पनि बताए । उनले भने – ‘हाम्रो यावत् समस्याहरु छन् । गुटबन्दीका समस्या, अराजकता समस्या, स्वार्थ, पदलोलुपताका समस्या, हिजो कसरी क्रान्ति सफल पार्ने भन्ने चिन्ता हुन्थ्यो । आज कसरी पद प्राप्त गर्ने भन्नेमा गाछौ हामी । त्यो पद मैले पाउदिन कि, म त्यहाँ पुग्दिन कि भन्ने चिन्ता बढी हुन्छ । यस्तो भएको सन्दर्भमा, यो सबैको चुरो कारण न कार्यकर्ता हो, न नेता हो । नेता र कार्यकर्ताको व्यक्तिगत समस्याको रुपमा यसलाई बुझिनु हुँदैन । यो विश्व इतिहासको र नेपालको पनि इतिहासमा क्रान्तिको नयाँ विचारको खोजीको चुनौती हो । यो सबै हामीभित्र देखा पर्ने कुरा भनेको विचारको समस्या हो । वैचारिक स्पष्टताको अभावको समस्या हो । हाम्रो अबको गन्तव्य क्लियर नदेखिनु, नेताको दिमागले पनि, कार्यकर्ताको दिमागले पनि अब हाम्रो हिड्ने बाटो यही हो भन्नेकुरा प्रष्ट नदेखिनु नै हामी सबैको समस्या हो अहिले । हामी सबैको समस्या गन्तव्य क्लियर चित्र देखिदैन । हेर्न खोज्यो चित्र धमिलो हुन्छ । हेर्दै गयो भने अध्यारो देखिन्छ । अध्याँरो देखेपछि त कसरी जाँगर आउने,जोश आउने, रुपान्तरण, त्याग, के का लागि गर्ने भन्ने हुन्छ ? यो सबैको चुरो कुरो एक्काइसौँ शताब्दीमा नयाँ क्रान्ति किनकी म नयाँ कुरा भन्न लाग्दैछु र नयाँ दस्तावेज ल्याउँदैछु । अब निरन्तरतामा क्रमभंग भन्दै आएको छौँ नि, हामी अर्को क्रमभंगको चरणमा प्रवेश गर्दैछौँ । यो जानकारी तपाईहरुलाई गराउन चाहान्छु । यही निरन्तरताले हुँदैन । त्यसकारण पहिलो क्रमभंगता विचारबाटै हुनुप¥यो ।’

Advertisement

उनले माओवादी अस्पष्ट भएका कारण हेपिनुपरेको भन्दै माओवादीलाई हराउने तागत नेपालमा कसैको नभएको दाबी गरे । अध्यक्ष दाहालले आगामी चुनावमा एक नम्बर पार्टी हुनेगरी आक्रामक रुपले प्रस्तुत हुन नेता, कार्यकर्ताहरुलाई आग्रह गरे ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top