एजेन्सी, साउन २७
च्र्तित बलिउड अभिनेता सुनिल शेट्टीले चलचित्र क्षेत्रबाहेक पनि आफ्नो अलग्गै पहिचान बनाउन सफल भएका छन् । सुनील शेट्टी यतिबेला चलचित्रमा क्षेत्रबाट केही टाढा भएपनि उनको बलिउडमा आफ्नो अलग्गै पहिचान छ । उनले राजा महाराजाहरु ज्स्तै जिन्दगी बिताउने गरेका छन् ।
धेरै कमलाई मात्र यी अभिनेताको ‘साइड बिजनेस’ पनि छ भनेर । जुन व्यपारका कारण भारतका धनाढ्य व्यक्तिहरु भन्दा सुनील शेट्टीलाई कम आँकन मिल्दैन । अभिनय सँगै उनले रेस्टुरेन्ट, नाइट क्लबल पपकन लगायतका व्यवसायका मालिक समेत हुन् । जुन व्यवसायबाट उनले वर्षेनी १०० करोड भन्दा बढी कमाउने गरेका छन् ।
सुनील शेट्टीको लाइफस्टाइल कुनै राजा र अर्बपति भन्दा कम छैन । भारतमा ‘अन्ना’ के नामले समेत चिनिने चर्चित अभिनेता सुनील शेट्टीले हिजो भर्खरै आफ्नो जन्मदीन मनाएका छन् ।
सुनील शेट्टीले सन् १९९२ मा चलचित्र ‘वलवान’ मा अभिनय गरेका थिए । उत्त चलचित्रमा उनले दिव्या भारती सँग रोमान्स गरेका थिए । यो फिलिम बक्स अफिसमा सुपरहिट भएपछी उनी बलिउड दुनियामा राता रात चम्एिका हुन ।
सुनील शेट्टीको पूरा नाम सुनील वीरप्पा शेट्टी हो । सुनील शेट्टी यतिबेला फिल्मी क्षेत्रबाट टाढा रहेपनी आज पनि उनका करोडौँ फ्यान छन् । सुनील अफ्ना फ्यान सँग जोडीन सामाजिक सञ्जालमा सकृय रहने गरेका छन् ।