इन्डोनेसियामा हराएको विमान फेला, आठ जनाको मृत्यु

२६ साउन ७५, आइतबार

जकार्ता,साउन २७
इन्डोनेसियामा शनिबार हराएको एक विमान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको छ । साथै सो विमानमा सवार आठजना यात्रुको शव पनि भेटिएको समाचारमा जनाइएको छ ।पूर्वी इन्डोनेसियाको पहाडी इलाकामा सो विमान आइतबार विहान दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो ।

पूर्वी इन्डोनेसियाको एक दुर्गम पपुवा प्रान्ततर्फ जाँदै गरेको सो विमान शनिबार अपराह्नदेखि हराएको थियो । करिब ४० मिनेटको मात्र उडानका लागि विमान शनिबार अपराह्न उडेको थियो । तर उडेलगत्तै विमान सम्पर्क्बिहीन भएको थियो ।

इन्डोनेसियाको ओक्सिबील उपजिल्लाको एक घना जङ्गल भएको पहाडमा विमान खसेको थियो । विमानका भग्नावशेषहरु भेटिएको र उद्धारको काम जारी रहेको सुरक्षा अधिकारीहरुले जानकारी दिएका छन् । तर सो विमानमा रहेका एकजना १२ वर्षीय यात्रु भने जीवितै रहेका एकजना सुरक्षा अधिकारीले जानकारी दिएका छन् ।

Advertisement

पपुवाका सैनिक प्रवक्ता लेफ्टिनेन्ट कर्णेल दाक्स सियान्तुरीले भने– हामी दुर्घटनाग्रस्त भएको जहाजको भग्नावशेषसम्म नै पुग्न सफल भएका छौँ, त्यस दुर्घटनाबाट आठजनाको ज्यान गएको छ भने एकजना यात्रु जीवितै उद्धार गर्न सकिएको छ ।

सो विमान दुर्घटनाको कारण पत्ता लागेको छैन । विमान दुर्घटना बारे अनुुसन्धान गर्न उड्डयन केन्द्रले एक अनुसन्धान समिति गठन गरेको छ ।उक्त विमान एक निजी कम्पनीको रहेको थियो । त्यसमा सात जना यात्रु र दुई जना चालक दलका सदस्य रहेका थिए ।

Advertisement

उद्धारकर्ताहरु उक्त विमान खसेको स्थानमा पुग्न कम्तीमा पनि दुई घन्टा लागेको थियो । विमान खसेको स्थान देखेपछि पनि पहाडको निकै अप्ठेरोमा विमानका भग्नावशेष देखिएकोले त्यहाँ पुग्न पनि समय लागेको सैनिक अधिकारीले जनाएका छन् ।

इन्डोनेसियाको पपुवा प्रान्त निकै दुर्गममा रहेकोले त्यहाँ पुग्न नै कठिन हुने गर्दछ । उता इन्डोनेसियामा हवाई सुरक्षाको अवस्था निकै कमजोर रहेकोले बर्से्नि यहाँ हवाई दुर्घटनाबाट नागरिकको ज्यान जाने गरेको छ ।

सोही पपुवा क्षेत्रमा गत वर्षको जुलाइमा भएको एक सानो विमान दुर्घटनामा पर्दा पाँच जनाको ज्यान गएको थियो । त्यसैगरी सन् २०१५ को अगष्टमा पनि इन्डोनेसियामा भएको विमान दुर्घटनामा ५४ जनाको ज्यान गएको थियो ।
(रासस÷एएफपी)

Advertisement

भर्खरको समाचार

बालेन शाह र EVM ले ततायो रास्वपाको महाधिवेशन

PM Balen Shah_-194

नेपाल अमेरिकाको ‘निगरानी थलो’ रुमुख्य ध्यान तिब्बती शरणार्थीमा

c547005d-c2fa-416d-ab48-e688406363ff

कतारले उपहार दिएको बोइङ कस्तो बन्यो ? ट्रम्पले देखाए

260619-air-force-one-mn-1625-c97bb6

कोशी प्रदेशमा देखियो यस वर्षको मनसुन

mausam-2075-12-18-768x388

यशोधा फुड्सले भन्यो, करेन्ट चाउचाउ खान योग्य

current

कुवेतका जेलमा छन् ७ महिलासहित ६३ नेपाली

Kuwait Tower City Skyline glowing at night, taken in Kuwait in December 2018 taken in hdr

युएस–इरान सम्झौतामा खामेनी विजेता, एक्सपट्र्सले दिए ६ कारण

250330-donald-trump-Masoud-Pezeshkian-vl-944a-4fa6e7

ठेकेदारको खुट्टा भाँच्ने अभिव्यक्तिमा मन्त्री लम्सालले दिए प्रष्टीकरण

sunil

राजाको सपना, नेताको असफलता !१० वर्षदेखि बन्द गोरखकाली रबर उद्योग

Gorakhkaali tyre factory at Gorkha. Photo: Prakash Chandra Timi8lsena/ Nepal Photo Library

कोशी प्रदेशको बजेटमा बेथिति, ५ हजार योजनामा कनिका बजेट

koshi_pradesh_20230607154312

सम्बन्धित समाचार

Scroll to Top