एनआरटीले सातदोबाटोलाई हरायो

२५ मंसिर ७८, आइतबार

२५ मंसिर, काठमाडौं ।

कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिज लिगमा नव प्रवेशी सातदोबाटो युथ क्लबले पहिलो हार बेहोरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा सातदोबाटो न्युरोड टिम (एनआरटी) सँग १–० ले पराजित भएको हो ।

खेलको १६औं मिनेटमा आकाश बुढामगरको फ्रिकिकलाई एनआरटीका डिफेन्डरले क्लियर गर्दै बचाए । ३९औं मिनेटमा एरिक विष्टको पेनाल्टी बक्सबाहिरको प्रहार पिटर सेगुनलाई लाग्दै बाहिरियो ।

४४औं मिनेटमा स्टेफन समिर विनोङको प्रहारलाई सातदोबाटोको कप्तान मान बहादर तामाङले बचाउँदा एनआरटी अग्रता लिनबाट चुक्यो । दोस्रो हाफको बल चलेको १५ सेकेन्डमै स्टेफन समिर विनोङले गोल गर्दै एनआरटीलाई १–० को अग्रता दिलाए । करण रावतको मिस पासलाई मेसुके ओलुमोउले नियन्त्रणमा लिदै दिएको पासमा स्टेफनले सहजै जाली चुमाएका थिए ।

५९औं मिनेटमा स्टेफन समिरको प्रहारलाई गोलरक्षक अभिषेक बरालले पञ्च गर्दै बचाए । ६७औं मिनेटमा दिपेश घलेको पेनाटी बक्सबाहिरको प्रहार पोस्ट नजिकैबाट आकासिदा एनआरटी अग्रता लिनबाट चुक्यो । ८३औं मिनेटमा अजायी मार्टिन्सको क्रसलाई विवेक गुरुङले क्लियर गर्दै बचाए ।

हारसँगै सातदोबाटोले शीर्षस्थानमा उक्लने मौका गुमाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top