शेखर भन्छन्- पहिलो चरणको निर्वाचनबाटै हाम्राे प्यानल विजयी हुन्छ

२५ मंसिर, काठमाडाैँ ।

Advertisement

नेपाली काँग्रेसका नेता शेखर कोइरालाले पार्टी र देशलाई बेहाल अवस्थाबाट मुक्त गराउन आफूले महाधिवेशनमा सभापतिको उम्मेदवारी दिएको बताएका छन् । पार्टीको जारी १४ औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिएपछि नेता कोइरालाले आफ्नो सभापतिसहितको प्यानल विजयी हुने र पार्टीलाई नँया सोच, विचार र कार्यक्रममा साथ अघि बढाउने बताए ।

५१ प्रतिशतभन्दा बढि युवाहरु महाधिवेशनको प्रतिनिधि भएकाले पहिलो चरणको निर्वाचनबाटै आफूहरुको प्यानल विजयी हुने उनको भनाई थियो । नेता कोइरालाले भने, ‘देशको अवस्था बेहाल छ । पार्टीको अवस्था लथालिंग छ । नयाँ सोच, विचार र कार्यक्रम लिएर अघि बढछौं । युवाहरुको जोश र पाकाहरुको होसले पार्टीलाई अगाडि बढाउँछौं । आफूले युवाहरुसहितको प्यानल बनाएको र महाधिवेशनमा ५१ प्रतिशतभन्दा बढि प्रतिनिधिहरु युवा भएकाले आफूहरुको प्यानलनै विजयी हुनेछ ।’

Advertisement

नेता कोइरालाले पार्टीलाई युवाहरुको जोश र पाकाहरुको होस्का साथ अघि बढाउने पनि बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top