×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

हिमालयन शेर्पालाई हराउँदै मछिन्द्र शीर्षस्थानमा उक्लियो

२५ मंसिर २०७८

२५ मंसिर, काठमाडौं ।

हिमालयन शेर्पा क्लबमाथि ३–० काे सहज जित निकाल्दै मछिन्द्र फुटबल क्लब कतार एअरवेज सहिद स्मारक ‘ए’ डिभिजन लिगको शीर्षस्थानमा उक्लिएको छ । मछिन्द्रले मनाङलाई पछि पार्दै शीर्षस्थानमा कब्जा जमाएको हो ।

Advertisement
Advertisement

मछिन्द्रको जितमा सुनिल बल, नुर्लान नोभ्रुजोभ र बिमल घर्तीमगरले गोल गरे । सुनिलले पहिलो हाफमा तथा नुर्लान र बिमलले दोस्रो हाफमा गोल गरेका थिए । त्रिपुरेश्वरस्थित दशरथ रंगशलामा शनिबार भएको खेलको ११औं मिनेटमा नुर्लान नोभ्रुजोभको सशक्त प्रहार क्रसबारमा लाग्दै बाहिरिदा मछिन्द्र अग्रता लिनबाट चुक्यो ।

रन्जित धिमालको क्रसलाई शेर्पाका सन्जत राईले नभेटेको बललाई नुर्लानले वान भर्सेस वानकै अवस्थामा गरेको प्रहार क्रसबारमा लाग्दै बाहिरिएको थियो । २२औं मिनेटमा सुनिल बलको फ्रिकिकलाई गोलरक्षक दीप कार्कीले पञ्च गर्दै बचाए । २९औं मिनेटमा सुनिल बलले गोल गर्दै मछिन्द्रलाई १–० को अग्रता दिलाए । ओमोलाजा नुरेन करिमको फ्रिकिकमा गोलरक्षक पोजिसनभन्दा अघि बढ्दा सुनिलले वान टचमा गोल गर्न सफल भएका थिए ।

 ३२औं मिनेटमा मनिष डाँगीको प्रहार दोस्रो बार च्याप्दै बाहिरिदा मच्छिन्द्र अग्रता दोब्बर पार्नबाट चुक्यो । ४७औं मिनेटमा सुरेश कुमालको प्रहारलाई गोलरक्षक विशाल श्रेष्ठले पञ्च गर्दै बचाउँदा शेर्पा बराबरीबाट चुक्यो । ६७औं मिनेटमा नुर्लान नोभ्रुजोभले गोल गर्दै मछिन्द्रको अग्रता दोब्बर पारे ।

इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा सब्सिच्युट फरवार्ड बिमल घर्ती मगरले गोल गर्दै मछिन्द्रको जित पक्का गरे । ७३औं मिनेटमा मनिष डाँगीको स्थानमा मैदान छिरेका बिमलले आन्द्रेस नियाले मैदानको मध्यभागबाट बल एक्लै अघि बढाउँदै क्लोज रेन्जबाट दिएको पासमा अनमार्क रहेका बिमलले सहजै फिनिस गरेका थिए ।

Advertisement

जितसँगै अपराजित रहेको मछिन्द्र ४ खेलबाट १० अंक जोडेर शीर्षस्थानमा उक्लिएको हो । दोस्रो स्थानको अपराजित मनाङको पनि १० अंक नै रहेको छ । पराजित शेर्पा ४ खेलबाट २ अंक जोडेर ११औं स्थानमा रहेको छ ।

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top