×

NEPAL TIMES UPDATES

Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026
Playing
इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी|| Nepal Times
Apr 18, 2026

तारा एयरको टिकटमा मनोमानी

२५ मंसिर २०७८

२५ मंसिर, सिञ्जा।

जुम्लाका हेमन्त घिमिरेले मङ्सिर ७ गते तारा एयरको ई–सेवाबाट जुम्लाबाट नेपालगञ्जको टिकट बुकिङ गरे । हाल हवाई इन्धनको मूल्यवृद्धि भएसँंगै जुम्लाबाट नेपालगञ्जसम्मको भाडादर रु पाँच हजार ८३० तोकिएको छ । तर तारा एयरको ई–सेवाले भने घिमिरेको रु आठ हजार ८३० काट्यो ।

Advertisement
Advertisement

तारा एयरकै अनलाइन एप्सले भने रु पाँच हजार ८३० नै काट्छ । यसरी बितेको एक महिनामा हेमन्त घिमिरेजस्तै जुम्लाबाट नेपागञ्जका लागि उडान भर्ने करिब १० देखि १२ यात्रु तारा एयरको ई–सेवाबाट ठगिएको पाइएको छ । सोमबार मानवअधिकार आयोग, चन्दनाथ नगरपालिका र पत्रकार महासङ्घद्वारा सेवा प्रवाहको अवस्थाबारे गरिएको संयुक्त अनुगमनका क्रममा यस्तो भेटिएको हो । एउटै दूरीको हवाई भाडा ई–सेवाबाट दोब्बर महङ्गो र अनलाइन तथा वितरण गरिएको टिकटको मूल्य फरक परेपछि गठिएको भन्दै तारा एयरको ई–सेवा सञ्चालनमा रोक लगाउनुपर्ने यात्रुले माग गरेका छन् ।

हरेक चारवटा सिट अनलाइन बुकिङका लागि छुट्याएको तारा एयरका जुम्ला स्टेशन प्रमुख दीपक भट्टचन्दले बताए । उनका अनुसार टिकट बुकिङ गर्दा रु आठ हजार ८३० भाडा काटेको पाइयो । किन र कसरी भयो भन्ने थाहा छैन । तर टिकट बुक गर्दा ध्यान पुर्याउन भनेका छौँ । हालसम्म करिब १२ जना जतिले ई–सेवाबाट रु आठ हजार ८३० भाडा तिरिसकेका छन् । सिस्टमले लिइसकेपछि फिर्ता गर्न पनि सम्भव नरहेकाले ई–सेवाबाट टिकट नकाट्न अनुरोध गरिएको उनको भनाइ छ ।

जुम्ला विमानस्थलका प्रमुख सन्तोष अधिकारीले तारा एयरको ई–सेवाबाट यात्रु ठगिएको विषयमा पत्रचार गरिसकेको बताए । उनले भने, “ई–सेवा भारतबाटै लन्च भएको हुनसक्छ । सफ्टवेयरमा पनि समस्या छ । टिकट बुकिङ गर्दा सिटिजनसीप आउँदा नेपाली छनोट गर्नुपर्छ । यात्रुले थाहा नपाएरै टिकट बुक गर्दा भारतीय पाँच हजार काट्ने गरेका छन् । सुधार गर्न भनेका छौँ । तर माथिबाटै यात्रुलाई सचेत रहन भनिएको छ । सचेत रहन भनिए पनि टिकट छिटो लिने दाउमा यात्रुहरू ठगिरहेका छन् ।”

ई–सेवाबाट एउटै दूरीको फरक भाडा भएकाले तत्काल सुधारमा ध्यान दिनुपर्ने मानवअधिकार अधिकृत धनराज शाहीको भनाइ छ । उनले भने, “अनलाइन टिकट शिक्षित मान्छेले नै काट्छ । तर तारा एयरको ई–सेवाले शिक्षितलाई ठगिरहेको छ । यसमा जिल्लादेखि केन्द्रको व्यवस्थापनले सुधार गर्नुपर्ने देखिन्छ । सञ्चारको जमानामा ई–सेवाबाट ठगिन थालेपछि आयोगको ध्यान केन्द्रित भएको छ ।”

Advertisement

तारा एयरले एक दिनमा चार टिकट अनलाइन बुकिङका लागि छुट्याएको छ । अनलाइन टिकट बुक गर्दा ई–सेवा प्रयोग नगर्न सबै यात्रुलाई परामर्श गरिरहेको समेत स्टेशन प्रमुख दीपक भट्टचन्दको भनाइ छ । उनले भने, “सिस्टम हेर्दा महङ्गो तिरेको देखिन्छ । यसमा हामीले केही गर्न सक्दैनौँ केन्द्रबाट समस्या समधानको पहल हुनेछ ।” रासस

भर्खरको समाचार

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

सम्बन्धित खबरहरु

Scroll to Top