मुस्ताङमा फागुन २९ र ३० गते पर्वतीय सम्मेलन आयोजना हुने

२६ मंसिर, काठमाडौं । जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रले भोग्नुपरेका समस्याबारे वैश्विक शक्तिहरूको ध्यानाकर्षण गराउन पर्वतीय सम्मेलन आयोजना गरिने भएको छ ।

अन्तर्राष्ट्रिय पर्वतीय दिवसको सन्दर्भमा शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फागुन २९ र ३० गते मुस्ताङमा माउन्टेन एड्भोकेसी समिट–२०२२ गर्ने घोषणा गरिएको हो ।

माउन्टेन इनिसिएटिभ र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किडार्क), नेपालले आयोजना गर्ने पर्वतीय सम्मेलनले राष्ट्रिय, क्षेत्रीय एवम् अन्तर्राष्ट्रिय स्तरमा पर्वतीय क्षेत्रले भोग्नु परेका समस्या र चुनौति, सम्भावना र अवसरहरूका बारेमा सबैको ध्यानाकर्षण गराउने राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा आयोजक संस्था किडार्कका मीनबहादुर शाहीले जानकारी दिए ।

पर्वतीय क्षेत्रको जैविक विविधता, हिमालको हिउ, पानीको स्रोत, सभ्यताको उद्गम स्थलको संरक्षण र पर्यटन विकासका लागि सम्मेलन गर्न लागिएको उनले बताए ।

उक्त सम्मेलनले नीतिगत तहमा सकरात्मक प्रभाव पार्ने विश्वास लिइएको किडार्कका कार्यकारी निर्देशक गोविन्द बहादुर शाहीले जानकारी दिए ।

मुस्ताङको टुकुचे हिमालमा गएको हिम पहिरोले सबैको गम्भीर रूपमा ध्यान केन्द्रित गरेको हुनाले सम्मेलन मुस्ताङमा गर्न लागिएको आयोजकले जनाएका छन् ।

सम्मेलनमा जलवायु परिवर्तन र यसले पर्वतीय क्षेत्रमा पार्ने प्रभावबारे छलफल गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरुको सहभागिता रहने छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top