मोनोरेल, तीनकुने पार्क र मेगाहल बनाउन सकेनौंः मेयर विद्यासुन्दर शाक्य

२६ मंसिर, काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले संघीय सरकारको कारण ठूला पूर्वाधार बनाउन नसकेको बताएका छन् । मेयर शाक्यले चक्रपथको विस्तार नसकिएका कारण मोनोरल बनाउन नसकिएको बताएका छन् ।

२७औं काठमाडौं महानगर दिवसको अवसर पारेर गरिएको पत्रकार सम्मेलनमा बोल्दै मेयर शाक्यले चुनावी घोषणापत्रमा उल्लेख भएअनुसार काम गर्न खोजेपनि मोनोरेल चलाउन महानगर एक्लेले चाहे नसक्ने अवस्था देखिएको बताए ।

‘काठमाडौंमा बढेको ट्राफिकको समस्याअनुसार यहाँ वैकल्पिक ठूला क्षमताका सार्वजनिक यातायातमा जानैपर्छ,’ उनले भने,’ चक्रपथ विस्तार नसकिँदा मोनोरेलको काम पनि अघि बढाउन सकेनौं । अहिले मेट्रोमा जानुपर्ने कुरा पनि छ, भविष्यमा यसबारे थप अध्ययन हुँदै जाला ।’

त्यसैगरी तीनकुनेको बुद्धपार्क निर्माण गर्ने कुरा पनि सरकारले मुआब्जाको विवाद मिलाउन नसक्दा समस्या भएको उनको स्पष्टीकरण छ ।

‘संघीय सरकारबाट अनुमति नपाउँदा भृकुटी मण्डपमा निर्माण गर्ने मेगाहल निर्माणको काम पनि हामीले अघि बढाउन सकेका छैनौं,’ उनले भने ।

महानगरपालिका प्रशासकीय भवन निर्माण सुरु भएको भन्दै बागदरबार लगायतका केही सम्पदा पुर्ननिर्माणका विषयमा मुद्दा परेका कारण ढिलाइ भएको बताए ।

‘उपत्यका विकास प्राधिकरण खारेज गरौं’

उनले उपत्यका विकास प्राधिकरणलाई सबै कामको जिम्मा आफैंले मात्रै लिनु उचित नभएको पनि बताएका छन् । पत्रकार सम्मेलनमा उनले उपत्यका विकास प्राधिकरण आफैैं कार्यकारी निकाय भएको बताए ।

‘उसको काम भनेको नीति बनाउन हो,’ शाक्यले भने, ‘स्थानीय निर्माणसँगै सबै काम स्थानीय तहले गर्ने र त्यो अधिकार स्थानीय तहमा आएपछि त्यहि प्रकृतिको काम प्राधिकरणले नगरे हुन्छ भनेर उपत्यकाका सबै नगरका मेयरहरुको फोरमले त्यसको खारेजीको माग गरेको हो । अहिले पनि त्यो माग यथावत छ ।’

त्यसैगरी उनले संघीय र प्रदेश सांसदहरुलाई पनि सकेसम्म एकीकृत योजनासहित ठूला–ठूला योजनाका काम गर्न आग्रह गर्दै महानगरपालिकाले गर्ने काममा बजेट खर्च नगर्न सुझाव दिए ।

‘माननीयज्युहरुको पनि बाध्यता छ । आफूलाई जिताएर पठाएका मतदाताको मागअनुसार र आफ्नो उपस्थिति देखाउन पनि ढल राख्ने, ब्लक छाप्ने जस्ता काम गर्नुपरेको छ,’उनले भने, ‘सकेसम्म उहाँहरुले संसदकोषको बजेटबाट मिलेर ठूला–ठूला योजनाका काम गरिदिनुहोस् भन्ने छ । हामीले जुन काम गर्न बजेट विनियोजन गरेका छौँ । त्यही काम उहाँहरुले गर्दा खर्च बढ्ने र कामको डुब्लिकेसन हुनेभयो ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top