सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको मृत्यु, ८ जना गम्भीर घाइते

२६ मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बलेफी गाउँपालिका–४ बिञ्जेलमा जन्ती बोकेको बस दुर्घटना हुँदा चालकको ज्यान गएको छ ।

Advertisement

बा २ ख ५६१४ नम्बरको बस दुर्घटना हुँदा चालक बलेफी–६ का राजु तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।

गएराति ९ बजे भएको दुर्घटनामा आठ जना गम्भीर घाइते भएका छन् । घाइतेहरुको सिन्धु सदाबहार अस्पताल खाडीचौर र धुलिखेल अस्पतालमा उपचार भइरहेको छ ।

Advertisement

तस्बिर : ज्ञानेन्द्र तिमिल्सिना

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top