×

NEPAL TIMES UPDATES

Playing
सरकारको एक पत्रले एमालेको कार्यालय उठ्ने भयो,खाली हुँदै घर || Nepal Times
May 07, 2026
Playing
ठूला माछा खोज्दै अख्तियार,पूर्वअर्थमन्त्रीसहित १३ जनाविरुद्ध भ्रष्टा चार मुद्दा || Nepal Times
May 07, 2026
Playing
प्रधानन्यायाधीश बन्ने डा. मनोजकुमार को हुन् ? सपनाको सपना अधुरै|| Nepal Times
May 07, 2026
Playing
युरोपविरुद्ध अमेरिका झनै कठोर, भन्यो–आतंकवाद विकसित हुने थलो|| Nepal Times
May 07, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-24-2083 || Nepal Times
May 07, 2026
Playing
इरानले के–के छाड्ने, अमेरिकाले के–के दिने ? सिंगल पेज मेमो तयार|| Nepal Times
May 07, 2026
Playing
बालेन सरकार अब नोट पठाएर मात्रै हुँदैन, परिणाम चाहिन्छ|| Nepal Times
May 07, 2026
Playing
नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड || Nepal Times
May 07, 2026
Playing
वर्षे अधिवेशनमा तीन विधेयकबाहेक अरू छैन बिजनेस|| Nepal Times
May 07, 2026
Playing
चिहानबाट आएको स्पष्टीकरण! जे*फ्री ए*प्स्टि*नकोसुसाइड नोटले विश्व तरंगित|| Nepal Times
May 07, 2026

बुधबारदेखि अस्ट्रेलियाको सीमा खुल्ने

२८ मंसिर २०७८

२८ मंसिर, एजेन्सी ।
अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा भोलि बुधबार (डिसेम्बर १५) देखि खुल्ने भएको छ।

बुधबारदेखि विद्यार्थी तथा भिसावाहक विदेशी नागरिकका लागि सीमा खुल्ला गर्ने निर्णय अष्ट्रेलियाले गरेको हो । दुई साताअघि नै सीमा खोल्ने निर्णय गरिएको भए पनि ओमिक्रोन भाइरसको संक्रमण देखिएसँगै अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मरिसनलले उक्त निर्णयलाई दुई साताका लागि स्थगित गरेका थिए ।

Advertisement
Advertisement

गत साता बसेको मन्त्रिपरिषद बैठकले समस्या भयावह हुँदै गएमा आगामी फेब्रुअरीसम्म पुनः प्रतिबन्ध लगाउन सकिनेबारे छलफलसमेत भएको थियो। तर प्रधानमन्त्री मोरिसनले अन्तर्राष्ट्रिय विद्यार्थीलगायतका अन्य तोकिएका भिसाधारीले स्थास्थ्य नियमन पुरा गरेर अष्ट्रेलिया आउनसक्ने विषयमा कुनै फेरबदल नगरिएको स्पष्ट पारे।

ओमिक्रोन भेरिएन्टका कारण फेरि लकडाउनलगायत कडा प्रतिबन्धबारे हल्ला चलिरहेको बेला स्वास्थ्य मन्त्री ग्रेग हन्टले सुरक्षा सतर्कता अपनाएर कोरोना भाइरसविरूद्ध डटेर लड्ने बताए। उनले समुदायमा व्याप्त रहेको शंका कम गर्न राज्यको सीमा खोल्ने नीतिलाई यथावत राखेको बताए।

‘हामी फेरि लकडाउनमा फर्किन चाहन्नौं, कोही पनि चाहँदैनन्,’ मन्त्री हन्टले भने, ‘नयाँ भेरियन्टको प्रभाव अध्ययन गर्न कम्तीमा दुई साता लाग्ने भएकोले त्यसकै लागि समय थपेका थियौं, प्रतिबन्ध थप गर्ने कुनै योजना छैन।’

अष्ट्रेलियाका स्वास्थ्य प्रमुख पल केलीले नयाँ भेरिएन्टबारे प्रष्ट हुन दुई सातासम्मको समय लाग्ने जानकारी दिएपछि सीमा खोल्ने समय दुई साता सारिएको उनले बताए। हाल मान्यता प्रदान गरिएका कोरोनाविरूद्धका खोपहरू ओमिक्रन भेरिएन्टविरूद्ध कति प्रभावकारी हुन्छन् त्यो हेर्न बाँकीनै रहेको मन्त्री हन्टले बताए।

यसअघि अष्ट्रेलिया सरकारले डिसेम्बर १ देखि करिब दुई लाख हाराहारीमा दक्ष कामदार र अन्तर्राष्ट्रिय विद्यार्थी अष्ट्रेलिया भित्र्याउने योजना अनुसार सिमा खोल्ने निर्णय गरेको थियो। केही सञ्चार माध्यमले मन्त्रिपरिषदको निर्णयलाई हवाला दिएर फेब्रुअरी महिनासम्म सिमा नखुल्ने भन्दै भ्रम फैलाएका थिए।

सरकारको पछिल्लो निर्णयसँगै अलमलमा परेका विद्यार्थी र अभिभावक स्पष्ट भएको ओसेनिया एजुकेशन एन्ड भिसा सर्भिसेजका निर्देशक सन्दिप खनालले जानकारी दिए। कोभिड–१९ महामारीपछि २०१९ को मार्चबाट लगाएको प्रतिबन्ध क्रमशः खुकुलो गर्दै लगेको अष्ट्रेलियाले विद्यार्थीका लागि सुरूमा प्रवेश खुला गर्ने निर्णय गरेको थियो।

प्रधानमन्त्री मोरिसनका अनुसार क्रमशः अन्य प्रतिबन्धात्मक व्यवस्थालाई थप खुकुलो पार्दै लगिने बताएका छन्। यस्तै सरकारले अनिवार्य क्वारेन्टिनको व्यवस्थालाई पनि हटाउने भएको छ। तर अष्ट्रेलिया आउने विद्यार्थीले तोकिएका खोपहरू पूर्णमात्रामा लगाएको हुनुपर्नेछ।

लामो समयको कोरोना महामारीले यसअघि अष्ट्रेलिया भित्रने जो सुकैले अनिवार्य रूपमा क्वारेन्टानइन बस्नुपर्ने नियय थियो। यद्यपी राज्य अनुसार क्वारेन्टिनको नियमभने फरक हुनसक्नेछ। अष्ट्रेलियालाई पुरानै अवस्थामा फर्काउन र राज्यको अर्थतन्त्रलगायत विकासका लागि पनि विद्यार्थीको सहभागिता जरूरि भएकोले राज्य उनीहरूलाई स्वागत गर्न तयार रहेको प्रधानमन्त्री मोरिसनले जानकारी दिए।

करिब पाँच हजार नेपाली विद्यार्थी अष्ट्रेलियाका विभिन्न विश्वविद्यालय तथा कलेजमा भर्ना भएर नेपालबाटै अनलाइन पढाइ गर्दै डलरमा शुल्क तिरीरहेका छन्। त्यसबाहेक आउन चाहनेको घुइँचो र चासो हेर्ने हो भने त्यो आधा लाख हाराहारी पुग्नसक्छ।

Advertisement
Advertisement

अष्ट्रेलियाले फाइजर, जोन्सन एन्ड जोन्सन, अस्ट्राजेनेका, मोर्डेनासँगै भारतीय तथा चिनियाँ खोपलाई मान्यता दिएको छ।

भर्खरको समाचार

लिपुलेक,कालापानीका कुरा, नोट होइन अब परिणाम चाहिन्छ

677108931_958688953417789_3450960544499223528_n

क्यूआर सहितको १७ लाख स्मार्ट लाइसेन्स छपाइ

Security Printing Press_Driving Licence Printing_ (4).jpg

नेपाली फिल्म क्षेत्रमा मौलाउँदैछ खतरनाक ट्रेन्ड

ram krishna and nischal

बालेन सरकार मन्त्रीहरू सिक्दै अगाडि बढ्दै

670200642_880540235011019_6960321166116653165_n

ओली थला पर्दा विष्णु र शंकरको मोर्चाबन्दी

kp-oli-sad

ट्रम्पको डिनर पार्टीमा चलेको गोलीको सम्बन्ध इरानसँग !

donald_trump

आज को बन्दैछ प्रधानन्यायाधीश ?को छ चर्चामा ?

sarbochha-balen1682077285

काठमाडौंमा वर्षा, हिमालदेखि तराईसम्म हावाहुरी, मेघगर्जनसहित वर्षा

mausam-2075-12-18-768x388

नेपाल लाइफको २५औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

PHOTO-2026-05-06-16-50-22_1

चीन पुगेर अराघची भने, दबाबमा परेर अमेरिकासँग सम्झौता गर्दैनौँ

AA-20251130-39852458-39852446-HAKAN_FIDAN_ABBAS_ARAGHCHI_MEETING_IN_TEHRAN

सम्बन्धित खबरहरु

Scroll to Top