आजको गलत निर्णयले हामीले आगामी चार वर्षमात्र होइन, अझै लामो समय पछुताउने पर्नेछः थापा

२७ मंसिर ७८, मंगलबार

२८ मंसिर, विराटनगर ।
नेपाली कांग्रेस १४औं महाधिवेशनमा महामन्त्री पदका प्रत्यासी गगन थापाले राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र कांग्रेस पार्टीको विधि र थिति बदल्न नेतृत्व परिवर्तन अपरिहार्य भएको बताएका छन् ।

सभापति पदका लागि शेरबहादुर देउवा र शेखर कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएपछि थापाले अपिल जारी गरेका हुन् । उनले अपिलमा महाधिवेशन लगत्तै तीन तहको निर्वाचनमा होमिनुपर्ने भएको हुँदा पार्टीले एक्लै जित्ने बनाउन लाखौं मतदातालाई आकर्षित गर्न सक्नुपर्ने अवस्था रहेको र त्यसका लागि नयाँ उत्साह र जागरण आवश्यक रहेको बताएका छन् ।

हामीले आज त्यो उत्साहको सञ्चार गर्न सक्नैपर्छ संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन बेथितिको अन्त्य गर्न र पार्टीको विधि र थितिमा बदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका सम्भव होला त ? हामीसँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ, अपिलमा भनिएको छ ।

उनले समुन्नत नेपाल सम्मानित नेपालीको सपना पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन भन्ने नै महाधिवेशनको मूल चुनौती भएको पनि अपिलमा बताएका छन् । यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन, उनले भनेका छन् ।

थापाले अग्रजहरूको बलिदान र भावी सन्ततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा। शेखर कोइरालालाई सभापति पदमा विजयी गराउनुपर्ने अपीलमा उल्लेख गरेका छन् ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top