Nepal Times
Nepal Times
3
Shares

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुल्यो

माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुल्यो

२९ मंसिर, विराटनगर ।
शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुलाएको छ ।

आउँदो पुस १ गतेदेखि २९ गतेसम्म नियमित शुल्कमा र माघ ६ गतेसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जनाएको छ । दरखास्त अनलाइनमार्फत् बुझाउन सकिने छ ।

नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका जम्मा एक हजार ५ सय ४७ जना शिक्षकका लागि विज्ञापन खुलाइएको हो । यो  https://drive.google.com/file/d/1mJe5sqazj7MiOyRNrJXlFvUlQxzD9MHY/view लिंकमा गएर विज्ञापन हेर्न सक्नुहुनेछ ।

 

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.