हुम्लाका नौ हजार बालबालिकालाई मोर्डना खोप दिइने

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, हुम्ला ।
हुम्लाका १२ वर्षदेखि १७ वर्ष उमेर समूहका बालबालिकालाई मोर्डना खोप दिइने भएको छ ।

कोरोना सङ्क्रमणबाट जोगिनका लागि सो उमेर समूहका नौ हजार ६२१ बालबालिकालाई उक्त खोपको पहिलो मात्रा दिइने भएको हो । स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेमबहादुर सिंहका अनुसार उक्त खोप आगामी पुस ४ देखि १४ गतेसम्म सातवटा गाउँपालिकामा १०० खोप केन्द्रमार्फत दिइने छ ।

खोपसहित स्वास्थ्यकर्मी चाँडै परिचालन गरिने उनको भनाइ छ । खोपसम्बन्धी दक्षता हासिल गरेका स्वास्थ्यकर्मी र गाउँ–गाउँमा रहेका स्वास्थ्य स्वयंसेविका परिचालन गरिने भएको छ । उक्त खोपको दोस्रो मात्रा आगामी माघ २ देखि १२ गतेसम्म सम्बन्धित खोप केन्द्रमा लगाइने भएको छ ।

हिमपातका कारण खोप लिएर स्वास्थ्यकर्मीलाई जान कठिनाइ हुने भएपछि नाम्खा गाउँपालिकाको वडा नं ४, ५ र ६ का बालबालिकालाई भने हाललाई नलगाइने भएको छ । ती वडाका बालबालिकालाई हिउँदयाम सकिएपछि खोप लगाइने कार्यालयले जनाएको छ । (रासस)

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top