चाँगुनारायण नगरपालिकामा अख्तियारको छापा, कागजात बरामत

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, काठमाडौं ।
भक्तपुरको चाँगुनारायण नगरपालिकामा मंगलबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

Advertisement

विकासका गतिविधिसँग जोडिएका, ठूला परियोजना, राजस्व हिनामिना र खरिद भुक्तानीमा अनियमितता भएको उजुरी परेपछि अख्तियारले खरिद प्रक्रियासँग सम्बन्धित कागजात बरामत गरेको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए ।

खरिद र भुक्तानीमा अनियमितता भएको भन्दै उजुरी परेपछि आयोगले ऋषिराम भट्टराईको नेतृत्वमा आयोगले टोली नै खटाएर छापा मारेको थियो ।(रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top