×

NEPAL TIMES UPDATES

Playing
जिल्ला प्रशासनको पुरानो सेवाशैली अब इतिहास बन्ने,अब यसरी हुनेछ सेवा|| Nepal Times
Apr 19, 2026
Playing
Watch Top15 News Of The Day in 5 Minutes || Nepal Times
Apr 18, 2026
Playing
इस्लामावाद वार्ताका लागि तयार, तर भाँडिने संकेत|| Nepal Times
Apr 18, 2026
Playing
World News: सिरियाबाट १२ वर्षपछि अमेरिकी सेना फिर्ता, राहुल गान्धीविरुद्ध एफआईआर || Nepal Times
Apr 18, 2026
Playing
चीनका चार रहस्यमयी विमान इरान पुगे? || Nepal Times
Apr 18, 2026
Playing
“मुस्ताङको युरेनियम लिन विदेशी से*ना आउँदै?” — Parsaiको सनसनीपूर्ण दाबी
Apr 18, 2026
Playing
देउवा समूह चोईटेला ? पूर्णबहादुरले बोलाए असन्तुष्टहरुको बैठक || Nepal Times
Apr 18, 2026
Playing
एक्लिएका ओलीलाई प्रचण्डको याद आयो, एकता गर्न किन खोज्दै छन् ? || Nepal Times
Apr 18, 2026
Playing
Top 15 Afternoon News || April-18-2026 || Nepal Times
Apr 18, 2026
Playing
अमेरिकी ‘युवा परिषद् नेपाल’ भर्सेस चिनियाँ ‘युथ पायोनियर प्रोग्राम’ || Nepal Times
Apr 18, 2026

एमालेको सपथग्रहणमा प्रचण्ड र माधवमाथि किन खनिए ओली ?

२९ मंसिर २०७८

२९ मंसिर, काठमाडौं ।
प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाललाई अस्थिरताको संवाहक शक्तिको रुपमा चित्रण गरेका छन् ।

अध्यक्ष ओलीले प्रचण्ड र नेपालकै कारण मुलुक स्थिरता र स्थायित्वतर्फ केन्द्रित हुन नसकेको दावी समेत गरे ।

Advertisement
Advertisement

प्रचण्ड र माधव अस्थिरताको संवाहक हुन्

ललितपुरको च्यासलस्थित तुलसीलाल अमात्य स्मृति भवनमा बुधबार आयोजित पार्टीका मनोनित केन्द्रित सदस्यहरुको सपथग्रहण कार्यक्रममा बोल्दै उनले कतिपय बाह्य शक्तिले मुलुकमा नियन्त्रित अस्थिरता मच्चाउन क्रियाशील रहेको र त्यसको संवाहक शक्तिको रुपमा भने प्रचण्ड र नेपालले काम गरिरहेको आरोप लगाए ।

अध्यक्ष ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने यस्ता तत्वहरुसँग एकता गरेर जाने अवस्था नरहेको पनि बताए । उनले उनीहरुको कनेक्सन कहाँ छ ? भन्ने कुरा पनि आफूहरुलाई थाहा भएको बताए ।

माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्यो

अध्यक्ष ओलीले माओवादीले जनयुद्ध भनेर मुलुकलाई अस्थिरतातर्फ धकेल्ने काम विगतमा पनि गरेको जिकीर गरे । उनले भने, ‘अहिले राष्ट्र दुई ध्रुवमा विभाजित हुँदै गएको छ । यसलाई अलि समन्वयात्मक ढंगले सुव्यवस्था, सुशासन र समृद्धि तर्फका हाम्रा प्रयासहरुमा सिंगो देश केन्द्रित हुनु पर्दथ्यो ।

स्थिरता र स्थायित्वतर्फ सिंगो देश केन्द्रित हुनु पर्दथ्यो । तर भएन, भएको छैन र यतापटि जाने स्थिति पनि देखिदैन । किनभने अस्थिरता मच्चाउने खोज्ने शक्तिहरु क्रियाशील छन । नियन्त्रित अस्थिरता । खुलस्त भनिराखेका छन– कतिपय शक्तिहरुले नियन्त्रित अस्थिरता । हाम्रो नीति हो, नेपालको सन्दर्भमा ।

त्यो भनिराखेका छन र त्यसका लागि र ती कामहरु गर्ने शक्ति चाँही यहाँ छ । नियन्त्रित अस्थिरताका संवाहक शक्तिहरु । अस्थिरता मात्रै क्रियट गर्न खोज्ने, ती शक्तिहरु छन । अहिले ती शक्तिहरुमा सबभन्दा चर्कोगरी चल्ने प्रचण्ड एण्ड कम्पनी र माकुने एण्ड कम्पनी । सबभन्दा अहिले अस्थिरताका संवाहक तत्वहरु यिनै हुन ।

यसमा कुनै भ्रम राख्नु पर्दैन र अझै कतिपय साथीहरुमा कम्युनिष्ट एकता । यस्ताहरुअस्थिरताका शक्तिहरुसँग एकता गरेर कहीँ पुगिन्छ ? त्यो एकीकरण सम्भवनै छैन । हामीले राम्ररी चिनिसकेका छौं–यिनको कनेक्शन कहाँ छ ? तार कहाँ जोडिएको छ ? कहाँबाट स्विच अन अफ हुन्छ । यो हामीेले देखेका छौं । छर्लङगैं देखेका छौं ।

महान जनयुद्ध भनेर युवा र जनताहरुलाई, महिलाहरुलाई दूर्गम ठाउँहरुबाट उरालियो । सुगम ठाउँहरुबाट उरालियो । युवाहरु ज्यान दिन तयार भए । होमिए । परिवर्तन भनेर । हतियार कहाँबाट आयो ? त्यतापटिट फर्किएर हेर्न दिइएन । एउटा सेन्टिमेन्ट ल्याइयो । तर यति बुझिएन, यति हेरिएन । कहाँबाट कसले हतियार दिँदैछ नेपालमा ?

अस्थिरता ल्याउनलाई । नेपालमा जनयुद्ध नामको सफल हुँदैनथ्यो किनभने सफल गर्न सुरु गरेकै होइन । त्यो त अस्थिरता क्रियट गर्न, त्यो त एउटा बार्गेनिङ चिप्स हो । गोडाको लगाम आफ्ना हातमा हुन्छ नि । लगाम हातमा राख्ने एउटा विधि हो ।

त्रसित, अशान्त, अस्तव्यस्त बनाई दिने र आफ्नो दुनो सोझ्याउने नीति अन्तरगतका कुराहरु भए । बाहिरका अरु देशका तालिक केन्द्रहरुमा तालिम दिईन्थ्यो बकाईदा । कुनै कथा त होईन नि । तालिम लिएर आएका साथीहरु त छदैछन । तर त्यतिबेला महान क्रान्तिको सेन्टिमेन्ट त्यतातिर लगियो । बुझ्न उनीहरुले राम्ररी पाएनन् ।

के गर्न खोजिदैछ त ? र मामुली कर्मचारीहरु, मामुली पेड मान्छेहरु नेता भए । धोकापूर्ण ढंगले । र देशले अलि दुःख पायो ।’

सेयरवालाहरुले चन्दा नदिएपछि प्रचण्डले बजार ध्वस्त हुने गरी बोले

अध्यक्ष ओलीले प्रचण्डले सेयर बजार ध्वस्त बनाउनेगरी अभिव्यक्ति दिँदा पनि कोही नबोलेको भन्दै आपत्ति जनाए । उनले सेयरवालाहरुले चन्दा नदिएपछि उनीहरुलाई ध्वस्त बनाउने गरी प्रचण्डले सो अभिव्यक्ति दिएको अध्यक्ष ओलीको गम्भिर आरोप छ ।

सेयर लगानीकर्ता र सामान्य जनताको लगानी जे सुकैहोस् तर देशलाई बर्बाद पार्ने काममा प्रचण्डहरु लगातार लागि रहँदा पनि कसैले विरोध समेत नगरेको उनले बताए । अध्यक्ष ओलीले भने, ‘प्रचण्डले यो सेयर बजारको सन्दर्भमा बडा क्रान्तिकारी साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ रे ।

साम्राज्यवादको विकसित रुपचाँही लेलिनभन्दा पनि अलि बढि नै जान्ने भएछन–दुई स्टेप । पूँजीवाद विकसित रुप भएर साम्राज्यवाद हुन्छ लेनिनले भनेका थिए । त्यो भन्दा माथि गएर साम्राज्यवाद विकसित भयो भने सेयर बजार हुन्छ भनेर प्रचण्डल नयाँ थेसिस ठोक दिए । दुई दिनमा सेयर बजार धरासायी ।

त्यसले जनताको जीवनमा कति असर हुन्छ, सेयर लगानीकर्ताहरुको अवस्था कस्तो हुन्छ ? तिनीहरुको आर्थिक स्थिति के हुन्छ ? केही पनि मतलव छैन । अर्थतन्त्रको केही पनि मतलव छैन । कुन सेयरवालाले चन्दा दिएनन होला, त्यही भएर उनले त्यसलाई ध्वस्त बनाउने त्यसो भने । न रहे बास, न बजे बाँसुरी भनेर बजाए ।

यदि हामीले त्यस्तो गर्थेऊ भने सडक तात्थे, माईतीघरले पुग्दैन थियो । सञ्चार माध्यामहरुमा आगो बल्थ्यो । शान्त छ । चुपचाप । शान्त । आराम । आनन्द छ सबलाई । कोही बोल्दैनन् । किनभने यहाँ अस्थिरता क्रियेट गर्ने, अस्थिरता बनाउने देशमा । ध्वस्त पारिरहने । यता विगार्ने, उता विगार्ने, यता उठाएजस्तो गरिदिने, उता भत्काई दिने ।

यो खालको सिलसिला चलिराखेको हुनाले । यस्तो बोलिरहनु परेन ।’ अध्यक्ष ओलीले पार्टीका नेताहरुलाई सही विचार, व्यवहार र कार्यशैली अवलम्बन गर्दै देश र जनताको सेवामा समर्पित भएर लाग्न सचेत गराए ।

Advertisement

भर्खरको समाचार

होर्मुज इरानकै नियन्त्रणमा,भारतीय जहाजमाथि गोली हानियो

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

नेपालको आर्थिक वृद्धिदरमा भारी कटौती, अर्को वर्षमात्रै सुधार

3bf43633-8bfc-4d58-adb0-2c9fd14aebc1

प्रशासनमा अब फाइल बोकेर कोठा धाउनु नपर्ने, एकद्वार प्रणाली लागू

b50ca935-e218-4b61-b637-facd118a9d76

इरानको युरेनियम लैजाने ट्रम्पको दाबी सत्य हो? होर्मुज खुलेपनि अमेरिकी नाकाबन्दी जारी

donald_trump

ओली हटाएर एमाले अध्यक्ष बन्न तम्सिदैछिन् विद्या

Bidhya-Bhandati-and-Kp

आजदेखि ‘भेहिकल फ्रि असन’

Places-To-Visit-in-Kathmandu-Ason-Spice-Market-Nepal

कांग्रेस विवादको कानुनी बाटो सकियो, देउवाको रिट खारेज, फैसलामा के छ ?

deuwba and gagan

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

सम्बन्धित खबरहरु

Scroll to Top