खुबीका कारण देउवाले सभापतिमा जित्नुभयोः प्रकाशशरण

२८ मंसिर ७८, बुधबार

२९ मंसिर, काठमाडौं ।
नेपाली कांग्रेसका नेता डा. प्रकाशशरण महतले नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवाले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजाने बताएका छन् ।

बुधबार नवनिर्वाचित पार्टी सभापति शेरबहादुर देउवालाई बधाई दिन प्रधानमन्त्री निवास बालुवाटार पुगेका नेता महतले आगामी आम निर्वाचनमा पार्टीलाई एक बनाएर लैजानसक्ने खुबीका कारण सभापतिमा देउवाले जितेको बताएका हुन् ।

देउवाले सबै नेताहरुलाई जोड्न सक्ने र कसैलाई पनि असुरक्षाको अनुभूति हुन नदिने उनले बताए । सभापति देउवाको यो दोस्रो कार्यकालमा पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित र गतिशील पार्टीको रुपमा निर्माण गर्ने उनको भनाई छ ।

उनले भने – ‘उहाँलाई जसरी समग्र पार्टी पंक्तिले समर्थन ग¥यो यसबाट पनि के जायर हुन्छ भने उहाँ सबै नेताहरुलाई जोड्न सक्नुहुन्छ । कसैलाई पनि असुरक्षाको अनुभुति हुने परिस्थिति आउँदैन भन्ने विश्वासले नै सबैले उहाँलाई सहयोग पनि गर्नुभयो । समर्थन पनि गर्नुभयो ।

मलाई के कुरामा विश्वास छ भने हाम्रो अर्जुन दृष्टि भनेको आउने आम निर्वाचन, आउने निर्वाचनमा पार्टीलाई एक बनाएर लानसक्ने जुन उहाँको खुबि छ, त्यो नै उहाँको दोस्रो कार्यकालमा निर्वाचित हुनुको मुल कारण हो भन्ने मलाई लागेको छ ।

र उहाँको दोस्रो कार्यकाल हामी एउटा स्ट्रोङ टिमवर्क गरेर यो पार्टीलाई आधुनिक, सुदृढ, विस्तारित, जनताकेन्द्रीत, देशकेन्द्रीत, देशको स्वार्थ र आवश्यकताकेन्द्रीत पार्टीको रुपमा एउटा गतिशील पार्टी हामी निर्माण गर्छौ । उहाँ सबैलाई व्यवस्थापन गर्नुहुन्छ । शेरबहादुरजीको मुल खुबी नै व्यवस्थापन गर्नसक्ने उहाँको खुबी हो ।’

देउवालाई बधाई दिन बालुवाटारमा नेता कार्यकर्ताको भिड

पार्टी सभापतिमा दोस्रो पटक निर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई तथा शुभकामना व्यक्त गर्न प्रधानमन्त्री निवास बालुवाटारमा भिड लागेको छ । नेता, कार्यकर्ताहरुले प्रधानमन्त्री देउवालाई भेटेर बधाई तथा शुभकामना दिइरहेका छन् ।

देउवालाई बधाई दिन बालुवाटार पुगेका नेपाली कांग्रेसका नेता अब्दुल सतारले प्रधानमन्त्री देउवाले आगामी निर्वाचनमा पार्टीलाई दुई तिहाई बहुमत दिलाउनका लागि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विश्वास व्यक्त गरे । आगामी दिनमा पार्टी सशक्त भएर अगाडी बढ्ने उनले बताए ।

नेता सतारले पार्टी सभापति एवम् प्रधानमन्त्री देउवालाई नेपाली कांग्रेसका नेता, कार्यकर्ताहरु काँधमा काँध जोडेर सहयोग गर्न तयार रहेको बताए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top