गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेस महामन्त्रीमा निर्वाचित

१ पुस, काठमाडौं ।
नेपाली कांग्रेसको महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा निर्वाचित भएका छन् ।

कांग्रेस महामन्त्रीको दुई पदमा ६ जनाले उम्मेदवारी दिएकामा थापा र शर्मा विजयी भएका हुन् । मत गणना नसकिँदै थापा र शर्मा निर्वाचित भएका हुन् । अब २८१ मत गणना गर्न बाँकी रहँदा थापा र शर्मा दुवैले त्यो भन्दा बढीको अग्रता लिएका छन् ।

मतगणना अन्तिम चरणमा प्रवेश गर्दा गगन झन्डै २ तिहाइ मत ल्याएर विजयतर्फ अग्रसर छन् भने विश्वप्रकाशले पनि तेस्रो स्थानमा रहेका उम्मेदवार प्रकाशशरण महतसँग मतान्तर बढाएका छन्। अहिलेसम्म ४३९० मत गन्दा गगनले २८२३ मत पाएका छन्। यो मत १४ औं महाधिवेशनमा कुनै उम्मेदवारले अहिलेसम्म पाएको मतमध्ये सर्वाधिक हो।

दोस्रो चरणमा सभापति जितेका प्रधानमन्त्री शेरबहादुर देउवाले २७३३ मत पाएका थिए। उपसभापतिमा सबैभन्दा बढी मत पाएका पूर्णबहादुर खड्काले २१२१ मत पाएका थिए। महामन्त्रीमा अर्का उम्मेदवार विश्वप्रकाश शर्मा पनि जितनजिक पुगेका छन्। उनले १८२४ मत पाएका छन्।

तेस्रो स्थानमा रहेका प्रकाशशरण १४५५ मत पाएका छन् भने प्रदीप पौडेलले १३०३ मत ल्याएका छन्। मीनेन्द्र रिजालको ७५३ र राजाराम कार्कीको १०० मत आएको छ।

महामन्त्रीको मतगणना सकिएपछि सहमहामन्त्रीको मतगणना हुनेछ। पदाधिकारीको मतगणना सकिएपछि केन्द्रीय सदस्यको मतगणना हुनेछ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top