×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

पराजित भएपनि भावविभोर बने शेखर कोइराला

३ पौष, काठमाडौँ । सत्तारुढ दल नेपाली काग्रेसको सभापति पदमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका डा. शेखर कोइरालाले चुनावमा पराजय भोगेपनि राजनीतिमा भने जित हात पारेको बताएका छन् । पार्टीमा यथास्थिति चाहनेहरूको अपवित्र गठजोडका बाबजुद आफूहरू लडेको र राजनीति जितेको उनले बताएका छन् ।

शुक्रबार एक विज्ञप्तिमार्फत नेता कोइरालाले शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताएका छन् । आफूहरूले कांग्रेस हुनुको गौरव र भावना बुझेको भन्दै शेखरले विज्ञप्तिमा भनेका छन्, ‘कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पु¥याएका छौं ।’ ‘हामी लडिरहेका थियौं पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णय विरुद्ध’, कोइरालाले भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौं ।’ ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छ । प्रतिनिधि साथीहरूले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु । मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं ।’ उनले नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामनमा दिएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिएका आफूहरू मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने भन्दै कोइरालाले पार्टी रुपान्तरणको एजेण्डामा निरन्तर क्रियाशील रहने बताएका छन् ।

Advertisement
Advertisement

१४औं महाधिवेशनबाट आफूले केही मतको प्राविधिक हार ब्यहोरे पनि पार्टीभित्र र पार्टी बाहिरको मन जित्न सफल भएको पनि उनले बताएका छन् । “१४औं महाधिवेशनमा केही मतमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएका छौं,” विज्ञप्तिमा उनले भनेका छन्, “पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं । भरोसा र विश्वासको वृद्धि गराएका छौं ।” दोस्रो कार्यकालको लागि शेरबहादुर देउवाले शानदार जित निकाल्दा प्रतिस्पर्धी शेखर कोइरालाले भने सम्मानजनक पराजय व्यहोरेका थिए ।

पहिलो चरणमा नतिजा नआएपछि दोस्रो चरणमा देउवाले कुल खसेको मतको ५९.१२ प्रतिशत मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. कोइरालाले ४०.१३ प्रतिशत मत पाएका थिए । दोस्रो चरणमा शेखरबाहेक संस्थापन तथा इतर दुवै समूहका सभापतिका उम्मेदवारहरु अर्थात विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ सबैले आफ्नो बोली र आफूलाई गलत सावित गर्दै देउवालाई समर्थन गरेका थिए ।

देउवाल सत्ता र शक्तिको बलमा सबैको समर्थन जुटाउदा कोइरालालाई भने उनका भाइ शशांक, बहिनी सुजाता र वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत खुलेर साथ दिएका थिएनन् । उनले पहिलो चरणमा १७०२ र दोस्रो चरणमा १८५५ मत पाएका थिए ।

Advertisement

 

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top