NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे बिहिबार साउन ८ , २०८२
संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे बिहिबार साउन ८ , २०८२
प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ? बिहिबार साउन ८ , २०८२
अख्तियारमा बयान दिन मन्त्री र कर्मचारीको जुलुस,सरकारलाई  छैन् लाज बिहिबार साउन ८ , २०८२
Next
Prev

समाचार

पराजित भएपनि भावविभोर बने शेखर कोइराला

शनिबार पुस ३ , २०७८
Reading Time: 1 min read
A A
नयाँ सरकार बन्ने अवस्था रहँदारहँदै संसद विघटन – नेता कोइराला
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X

३ पौष, काठमाडौँ । सत्तारुढ दल नेपाली काग्रेसको सभापति पदमा प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवासँग पराजित भएका डा. शेखर कोइरालाले चुनावमा पराजय भोगेपनि राजनीतिमा भने जित हात पारेको बताएका छन् । पार्टीमा यथास्थिति चाहनेहरूको अपवित्र गठजोडका बाबजुद आफूहरू लडेको र राजनीति जितेको उनले बताएका छन् ।

शुक्रबार एक विज्ञप्तिमार्फत नेता कोइरालाले शेरबहादुर देउवासँगको मात्र प्रतिस्पर्धा नभइ पार्टीमा झाँगिएको अराजनीतिक प्रवृत्ति र गलत संस्कारको विरुद्धको रुपान्तरण र परिवर्तनको लडाइँमा आफूहरूलाई सहज नभएको बताएका छन् । आफूहरूले कांग्रेस हुनुको गौरव र भावना बुझेको भन्दै शेखरले विज्ञप्तिमा भनेका छन्, ‘कांग्रेसको १४औं महाधिवेशनबाट आउने परिणामको महत्व आफ्नो ठाउँमा छ तर हामीले कांग्रेस यथास्थितिमा चल्न सम्भव छैन भन्ने सन्देश सम्पूर्ण कांग्रेसजनमा मात्र होइन आम नेपालीको घर दैलोमा पु¥याएका छौं ।’ ‘हामी लडिरहेका थियौं पार्टीभित्र गुट र भागबण्डा अनि पार्टीको नाममा अँध्यारो कोठामा विधानविपरीत हुने निर्णय विरुद्ध’, कोइरालाले भनेका छन्, ‘पार्टीलाई जवाफदेही, उत्तरदायी, पारदर्शी र जिम्मेवार बनाउने यो अभियानमा हामीसँग लड्नको लागि राजनीतिक सिद्धान्त थियो । हामीसँग ऊर्जावान युवाहरूको समूह थियो । पार्टीमा यथास्थिति चाहने सबैको अपवित्र गठजोड पनि हामी विरुद्ध भयो, तर पनि हामी लड्यौँ र राजनीति जित्यौं ।’ ‘मलाई प्रतिनिधि साथीहरूबाट प्राप्त ४० प्रतिशत मतले म भावविभोर भएको छ । प्रतिनिधि साथीहरूले म प्रति देखाएको विश्वास र भरोसाप्रति म अविचलित रहने प्रण गर्दछु । मेरो उम्मेदवारीले पार्टीलाई रुपान्तरण गर्ने र नयाँ ढंगले चलाउन चाहिने मत प्राप्त भएको छ । म लगायत मेरो टिम विश्वास दिलाउन चाहन्छ, हामी निरन्तर पार्टीलाई सुधार, नीतिमुखी र परिवर्तनकारी शक्तिको रुपमा सञ्चालन गर्न जागृत रहने छौं ।’ उनले नवनिर्वाचित सभापति देउवालाई बधाई तथा शुभकामनमा दिएका छन् । कांग्रेस परिवर्तनको पक्षमा उभिएका आफूहरू मत परिणामबाट धेरै उत्साही र धेरै हतोत्साही नहुने भन्दै कोइरालाले पार्टी रुपान्तरणको एजेण्डामा निरन्तर क्रियाशील रहने बताएका छन् ।

१४औं महाधिवेशनबाट आफूले केही मतको प्राविधिक हार ब्यहोरे पनि पार्टीभित्र र पार्टी बाहिरको मन जित्न सफल भएको पनि उनले बताएका छन् । “१४औं महाधिवेशनमा केही मतमा म पार्टी सभापतिमा पराजित भएको छु । केही मतबाट पराजित भए पनि हामीले प्रतिनिधि साथीहरु र लोकतन्त्रवादीहरुको मन जित्न सफल भएका छौं,” विज्ञप्तिमा उनले भनेका छन्, “पार्टीभित्र मात्र होइन, पार्टी बाहिरका आम लोकतन्त्रवादीहरु बीच पनि हामीले कांग्रेसप्रति आकर्षण बढाएका छौं । भरोसा र विश्वासको वृद्धि गराएका छौं ।” दोस्रो कार्यकालको लागि शेरबहादुर देउवाले शानदार जित निकाल्दा प्रतिस्पर्धी शेखर कोइरालाले भने सम्मानजनक पराजय व्यहोरेका थिए ।

Advertisement

पहिलो चरणमा नतिजा नआएपछि दोस्रो चरणमा देउवाले कुल खसेको मतको ५९.१२ प्रतिशत मत पाएर विजयी हुँदा उनका प्रतिद्वन्द्वी डा. कोइरालाले ४०.१३ प्रतिशत मत पाएका थिए । दोस्रो चरणमा शेखरबाहेक संस्थापन तथा इतर दुवै समूहका सभापतिका उम्मेदवारहरु अर्थात विमलेन्द्र निधी, प्रकाशमान सिंह, कल्याण गुरुङ सबैले आफ्नो बोली र आफूलाई गलत सावित गर्दै देउवालाई समर्थन गरेका थिए ।

देउवाल सत्ता र शक्तिको बलमा सबैको समर्थन जुटाउदा कोइरालालाई भने उनका भाइ शशांक, बहिनी सुजाता र वरिष्ठ नेता रामचन्द्र पौडेलले समेत खुलेर साथ दिएका थिएनन् । उनले पहिलो चरणमा १७०२ र दोस्रो चरणमा १८५५ मत पाएका थिए ।

लोकप्रीय

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

बिहिबार साउन ८ , २०८२

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

बिहिबार साउन ८ , २०८२

विचार

थप समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी
ताजा समाचार

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे
अन्तर्राष्ट्रिय

अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

बिहिबार साउन ८ , २०८२
ताजा समाचार

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

बिहिबार साउन ८ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?
ताजा समाचार

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

World News: Bangladeshका पूर्व प्रधानन्यायाधीश प*क्राउ, Indiaले चिनियाँलाई पर्यटक भिसा खोल्यो

00:15:43

World News:ओबामामाथि ‘राजद्रोह’को आरोप, एआई भ्वाइस फ्रडप्रति अल्टम्यानलाई चिन्ता || Nepal Times

00:14:45

World News: अमेरिका जान 250 Dollar ‘कर’, हुथीले कब्जा गरेको बन्दरगाहमा आ*क्र*मण || Nepal Times

00:13:00

World News: २८० सवार जहाजमा भीषण आगलागी, खामेनीका दूत र पुटिनको वार्ता || Nepal Times

00:15:26

World News: Syria झडपमा 900 बढीको मृ*त्यु, बेलायतमा प्यालिस्टिनी समर्थक प*क्रा*उ || Nepal Times

00:16:27

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

संविधान दिवसमा ६८१ कैदीलाई आममाफी,९९८ जनालाई विभूषण

विद्याका सबै सपना उडायो हुरीले, पार्टीको झण्डा बोक्नै नपाउने

बुधबार साउन ७ , २०८२
राष्ट्रपतिले गरिन २ विधेयक प्रमाणीकरण

विद्यालाई अब कसैले रोक्न नसक्ने, ओलीकै पोल खोलिन्

मङ्लबार साउन ६ , २०८२
काठमाडौं विश्वकै चौंथो प्रदूषित सहर, आज कहाँको मौसम कस्तो छ ?

प्रचण्ड गर्मीकाबीच आज कहाँ हुँदैछ भारी वर्षा ?

बिहिबार साउन ८ , २०८२

हालका पोस्टहरू

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

प्रधानमन्त्री ओली र उपसभामुखसहित १३ पूर्वगृहमन्त्रीविरुद्ध जाहेरी

बिहिबार साउन ८ , २०८२
अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

अमेरिकी युद्धपोतलाई खामेनीका सेनाले लखेटे

बिहिबार साउन ८ , २०८२

संसद् संचारमन्त्रीले निन्द्रा पुर्याए, प्रधानमन्त्री सुत्न दिनुस् भन्दै हिँडे

बिहिबार साउन ८ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.