स्मार्ट लाइसेन्सको माग धान्न नसकेपछि विकल्प खोज्दै सरकार

२ पुस ७८, शनिबार

३ पौष, काठमाडौँ । प्रविधिलाई आत्मसात गर्दै सवारी चालक अनुमति पत्रका लागि थप एक कदम अघि बढेको यातायात व्यवस्था विभाग माग वमोजिम स्मार्ट लाइसेन्स वितरण गर्न असक्षम देखिएपछि यसको विकल्पको खोजी सुरु भएको छ । ’बायोमेट्रिक’ र ’सेक्युरिटी चिप्स’ सहितको मेसिनले पढ्न सक्ने सवारी चालक अनुमति पत्र अर्थात् स्मार्ट लाइसेन्स प्रयोगमा ल्याइएको झण्डै ६ वर्षपछि नयाँ विकल्प खोज्ने प्रक्रिया सुरु गरिएको अधिकारीहरूले बताएका छन् ।

विदेशी कम्पनीमा भर पर्नुपर्ने उक्त प्रविधिमा आधारित कार्ड प्राप्त गर्न निकै ढिलो हुने गरेको सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । स्मार्ट लाइसेन्स परीक्षण गर्ने उपकरणको अभाव हुँदा ट्राफिक प्रहरीले पनि अपेक्षा गरेअनुसार यसको प्रयोग प्रभावकारी हुन नसकेको बताउँदै आएको थियो । यातायात व्यवस्था विभागले भने थप कार्डहरू झिकाउने योजना नरहेको बताउँदै क्यूआरकोड वा बारकोड भएको प्रविधिबारे छलफल सुरु गरिएको जनाएको छ । यद्यपि विभागका प्रवक्ता लोकनाथ भुसाल कुनै निष्कर्षमा पुगि नसकेको बताउका छन् । सेवा प्रवाहलाई मितव्ययी, प्रभावकारी र गुणस्तरीय बनाउनका लागि त्यही काम सस्तोमा गर्न सकिन्छ भने किन पैसा खर्च गर्ने भन्ने कुरा भइरहेको भुसालले बताए ।

एसियाली विकास बैंकको २ करोड पचास लाख अमेरिकी डलर अनुदान सहयोगमा २०७२ मङ्सिरदेखि स्मार्ट लाइसेन्सको वितरण सुरु गरिएको थियो। त्यसबेला तीनदेखि पाँच वर्षभित्र पुराना लाइसेन्स कार्डहरू देशभर विस्थापित गरिने जनाइएको थियो। तर यसबीचमा छपाईदेखि ट्राफिक प्रहरीसँग तिनको आधिकारिकता जाँच्ने उपकरणको अभाव अनि सेवाग्राहीले ट्रायल पास गरेको एक वर्षभन्दा ढिलो गरी लाइसेन्स हात पार्ने समस्या खेपेका थिए। जसका लागि कार्ड अभाव र प्रिन्टिङ मेसिनलाई अधिकारीहरूले समस्या बताउने गरेका थिए । एउटा प्रविधिमा गएर लामो समय नहुँदै अर्को विकल्प सोचिनुलाई समय, ज्ञान र आर्थिक रूपमा नोक्सानी हुने भन्दै कतिपयले आलोचना समेत गरेका छन्।

स्मार्ट लाइसेन्स तयार हुन ढिलो भइरहँदा नेपालमै केही यातायात कार्यालयले अस्थायी रूपमा क्यूआर कोडले जाँच्न सकिने लाइसेन्स वितरण थालिसकेका छन् । एउटा स्मार्ट लाइसेन्स छापेबापत झण्डै एक अमेरिकी डलर खर्च लाग्नेमा नयाँ विकल्पमा जाँदा त्यो कयौँ गुणा सस्तो पर्ने अधिकारीहरूको तर्क छ। ती लाइसेन्सलाई एपका माध्यमबाट ट्राफिक प्रहरीले मोबाइलबाटै सहजै जाँच्न समेत सक्नेछन्।

यसअघि १६ लाख स्मार्ट सवारी चालक अनुमति पत्र लाइसेन्स वितरण भइसक्दा पनि त्यसको जाँच गर्ने मेसिन एउटा मात्र रहेको ट्राफिक प्रहरीले जनाएको थियो। नेपालमा अहिलेसम्म २० लाख स्मार्ट लाइसेन्स वितरण गरिएको यातायात व्यवस्था विभागले जनाएको छ । नेपाल ल्याइसकिएको थप १४ लाख वटा स्मार्ट–कार्ड यो आर्थिक वर्षसम्मलाई पुग्ने अधिकारीहरूको अनुमान छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top