विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन मन्त्री भुसालको अपिल

२ पुस ७८, शनिबार

३ पुस, काठमाडौँ ।
ऊर्जा, जलस्रोत तथा सिँचाईमन्त्री पम्फा भुसालले विद्युतको खपत बढाउन सबै क्षेत्रलाई अपिल गरेकी छिन् ।

मन्त्री भुसालले विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाउन पनि त्यस क्षेत्रका व्यवसायीलाई पुनः आग्रह गरिन् । शनिबार काठमाडौंको क्षेत्रपाटीस्थित छेत्रपाटी निःशुल्क चिकित्सालयले निर्माण गरेको अक्सिजन प्लान्टको उद्घाटन कार्यक्रममा बोल्दै उनले ऊर्जा क्षेत्रमा देखिएको संकट टार्न विद्युत पर्याप्त रहेको उल्लेख गर्दै यसको उपयोग बढाएर राष्ट्रिय अर्थतन्त्रको निर्माणमा योगदान पु¥याउन पनि सबै क्षेत्रलाई आग्रह गरेकि हुन् ।

मन्त्री भुसालले विद्युतको खपत बढाएर मुलुकको व्यापार घाटालाई न्यूनिकरण गर्दै लैजान सरकार लागि परेको पनि बताएकी छिन् । उनले सरकारले विद्युतको खपत बढाउन विद्युतको महशुल दर समेत घटाएको बताइन् । मन्त्री भुसालले भनिन्, ‘आफ्नै देशको जलस्रोत हो ।

Advertisement

यसबाट उत्पादित भएको विजुली सस्तो हुनुपर्छ भनेर मैले रेट पनि घटाएको जानकारी गराउँदछु । र ऊर्जाको क्षेत्रमा विद्युतको उपयोग गर्नुस भनेर अपिल गर्न चाहन्छु । भान्सामा प्रयोग गर्ने एलपी ग्याँस होस वा उद्योग, कलकारखानामा प्रयोग गर्ने ऊर्जाको क्षेत्रमा होस् ।

अझ बढि यातायातको क्षेत्रमा पनि विद्युतीय यातायातका साधनहरुको प्रयोग बढाऔं । जसबाट वातावरणलाई स्वच्छ बनाउन सकिन्छ । सस्तो विद्युत प्रयोग गरेर राष्ट्रिय अर्थतन्त्रको निर्माण गर्न सकिन्छ । र यसले असन्तुलित व्यापार घाटालाई न्यूनिकरण गर्न पनि सकिन्छ ।’

Advertisement

मन्त्री भुसालले सरकारले विद्युत विक्रीका लागि भारतसँग सम्झौंता गरिसकेको पनि स्मरण गराइन् । त्यस अवसरमा उनले सामूदायिक अस्पतालहरुले समूदायको स्वास्थ्य उपचारमा महत्वपूर्ण योगदान गरिरहेको उल्लेख गर्दै ती अस्पतालहरुमा आवश्यक सहयोग गर्न सरकार प्रतिवद्ध रहेको बताइन् ।

मन्त्री भुसालले हरेक स्थानीय सरकारले शिक्षा र स्वास्थ्यको उचित व्यवस्था गर्नुपर्ने संवैधानिक व्यवस्था रहेको र त्यसको कार्यान्वयन भईरहेको बताइन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top