मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छः भीम रावल

२ पुस ७८, शनिबार

३ पुस, विराटनगर ।

नेकपा एमालेका नेता भीम रावलले आफूलाई नसोधी दिइने कुनै पनि जिम्मेवारी स्वीकार नगर्ने बताएका छन्।

एमालेले नेता रावललाई सल्लाहकार परिषद्को सदस्यमा नियुक्त गरिएको बताएको थियो। तर रावलले आफूलाई यसबारेमा कुनै जानकारी नरहेको र ‘टीके’ प्रणालीको विरोधमा रहेको बताएका छन्।  रावलले आफूलाई नसोधी केन्द्रीय सल्लाहकार परिषद्‍को सदस्य बनाएकोमा आपत्ति जनाएका हुन् ।

Advertisement

सामाजिक सञ्जालमार्फत उनले आफूलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक भएको बताएका हुन् । एमालेको दसौं महाधिवेशनमा अध्यक्षमा केपी शर्मा ओलीसँग पराजित रावलले यसअघि कुनै कमिटीमा नबस्ने घोषणा गरेका थिए ।

उनले ट्विटरमा लेखेका छन्, मलाई नेकपा (एमाले) को केन्द्रीय सल्लाहकार परिषद्को सदस्य बनाइएको समाचार सुनियो । यो सत्य हो भने, मलाई सोध्दै नसोधी कुनै पदको टीका लगाइदिनु आपत्तिजनक छ। यस्तो टीके प्रणाली जनताको बहुदलीय जनवाद र लोकतान्त्रिक मान्यताको विपरीत हुन्छ ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top