थप १८९ जनामा कोरोना संक्रमण, २५० जना संक्रमणमुक्त

२ पुस ७८, शनिबार

३ पुस, विराटनगर ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १८९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ५ सय ७२ पुगेको छ।

शनिबार २५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने हाल देशभर ५ हजार ४२८ सक्रिय संक्रमित रहेका छन्।

Advertisement

गत २४ घन्टामा ५ हजार ४८३ पीसीआर तथा २ हजार ५१४ एन्टिजेन परीक्षण भएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top