फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको संख्या ७५ नाघ्यो

४ पुस, एजेन्सी ।
फिलिपिन्समा हालैको आँधीका कारण मृत्यु हुनेको संख्या ७५ नाघेको छ।

Advertisement

गएको बिहीबार आएको सुपर टाइफुन राईका कारण कम्तीमा ७५ जनाको ज्यान गएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

राई आँधीका कारण करिब १९५ किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो।

Advertisement

फिलिपिन्सको दक्षिण पूर्वी टापु क्षेत्रमा आँधीले बढी क्षति गरेको छ । त्यहाँका तीन लाख भन्दा बढी मानिस सुरक्षित स्थानमा जान बाध्य भएका थिए । आँधीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top