देशभर मल अभावः गोदामनै रित्तिए, बालीका लागि मल नपाएको किसानको गुनासो

४ पौष, काठमाडौँ । देशभर मलको अभाव भएको छ । गहुँ र तरकारी बालीका लागि चाहिने मल नपाएको किसानले गुनासो गरेका छन् ।

कृषि सामग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले सहकारीमार्फत किसानलाई मल बिक्री गर्छन् तर, यी कम्पनीका गोदाममै मल रित्तिएपछि सहकारीले पाएका छैनन् ।

सप्तरीमा गएको बुधवार मल मागेर किसानले जिल्ला प्रशासन कार्यालय नै नै घेराउ गरेका थिए । उनीहरुको आन्दोलनपछि सप्तरीका १८ पालिकामा ३ सय ७५ बोरा युरिया र ३ सय ४४ बोरा डीएपी पठाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । तर यो मल पनि जिल्लाका लागि पर्याप्त छैन ।

कृषि सामग्री कार्यालय राजविराजका निमित्त शाखा प्रबन्धक सोनेलाल मुर्मुले सोझै किसानलाई मल वितरण गर्न नसकिने र अहिले मल पर्याप्त नरहेको बताए ।

पालिकाको सिफारिसमा मल दिँदै आएको उनको भनाइ छ । गहुँ छर्ने बेलामा डीएपी र अहिले उम्रिएपछि युरिया मल राख्नुपर्नेमा देशभर मलको अभाव छ ।

देशभर एक लाख ३० हजार टन रासायनिक मलको माग रहेको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार गहुँ र तरकारी खेतीका लागि यो सिजनमा ६० हजार टन डीएपी र ७० हजार टन युरिया माग छ । तर अहिले कृषि सामग्रीको गोदाममा नौ हजार आठ सय टन युरिया र तीन हजार एक सय २२ टन डीएपी तथा साल्ट ट्रेडिङसँग नौ हजार एक सय ६६ टन युरिया गरी कुल २२ हजार १ सय ३८ टन मात्रै रासायनिक मल मौज्दात छ ।

१५ हजार टन युरिया आपूर्तिको क्रममा छ । चालु वर्षका लागि ३ लाख ९ हजार टन खरिदको स्वीकृति भए पनि दुई लाख ३२ हजार टन मल आउने टुङ्गो नै छैन । ७६ हजार पाँच सय टन मात्रै आपूर्ति भएको छ । अन्तर्राष्ट्रिय बजारमा रासायनिक मलको मूल्य निरन्तर बढेपछि आपूर्तिकर्ताले नल्याएको कृषि सामग्री कम्पनीका प्रवक्ता विष्णु पोख्रेलले बताए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top