भारतको केरलमा १२ घण्टाको फरकमा दुई नेताको हत्या

४ पुस, एजेन्सी ।
भारतको केरलमा १२ घण्टाको फरकमा दुई जना नेताको हत्या भएको छ।

Advertisement

केरलको अलापुझा जिल्लामा आइतबार बिहान भारतीय जनता पार्टी (भाजपा) का नेता रञ्जीत श्रीनिवासको हत्या भएको हो। शनिबार राति मात्रै सोसल डेमोक्रेटिक पार्टी अफ इन्डिया (एसडीपीआई)का नेता एस शानको हत्या भएको थियो।

भाजपा नेता श्रीनिवास मर्निङवाकमा निस्कन लागेका बेला उनको घरमै उनीमाथि हमला भएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

Advertisement

एसडीपीआईका स्टेट सेक्रेटरी शानमाथि शनिबार राति हमला भएको थियो। मोटरसाइकलमा घर फर्किरहेका बेला उनलाई कारले ठक्कर दिएको थियो। लगत्तै उनीमाथि छुरा प्रहार भएको थियो। घाइते अवस्थामा उनलाई अस्पताल पुर्‍याइए पनि चिकित्सकले मृत घोषित गरेका थिए।

अवस्था तनावपूर्ण बनेपछि अहिले अलापुझा जिल्लामा धारा १४४ लागू गरिएको छ। प्रहरीले यातायातका साधनको चेकजाँचमा कडाइ गरेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top