गठबन्धनको सहमतिपछि मात्रै एमसीसी अघि बढ्छः कांग्रेस सहमहामन्त्री

३ पुस ७८, आइतबार

४ पुस, पोखरा ।
नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले सत्तारुढ गठबन्धनमा रहेका दलहरूले सहमति जनाएपछि मात्र एमसीसी संसदबाट पारित हुने बताएका छन् ।

Advertisement

नेपाल प्रेस युनियनले आइतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा आगामी संसद् बैठकमा एमसीसी टेबुल हुने सम्बन्धमा सञ्चारकर्मीको जिज्ञासामा उनले सबै दलसँग परामर्श गरेर संसद्बाट पारित हुने गरी छलफल गरेर मात्र कांग्रेसले एमसीसीको प्रस्ताव अघि बढाउने बताए ।

उनले भने, ‘नेपालको अहित हुने गरी कुनै किसिमका प्रावधान एमसीसी सम्झौतामा छन् भने त्यसलाई हटाउनुपर्दछ, त्यसमा हाम्रो पार्टी अत्यन्त प्रतिबद्ध छ, कमजोरी भएका छन् भने ती शब्दावली र बुँदा हटाएर सबै दलहरूसँग परामर्श गरेर संसद्बाट पारित हुन सक्ने गरी कांग्रेस अगाडि बढ्छ ।

Advertisement

कांग्रेस लोकतान्त्रिक र लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास गर्ने पार्टी रहेको र विधिसम्मत ढङ्गले चल्ने भएकाले वडादेखि केन्द्रसम्म निर्वाचनका माध्यमबाट नेतृत्व चयन गरिएको उनले बताए ।

उनले भने, ‘अहिले पार्टीमा नेतृत्व चयनको अधिवेशन गरेका छौँ, अब वैचारिक र सांगठनिक रूपमा कसरी पार्टीलाई अघि बढाउने भन्ने दस्तावेज केन्द्रीय कार्यसमितिले प्रस्ताव गरेर महासमितिको भेलाबाट पारित गरेर अघि बढ्न जरुरी छ ।’

Advertisement

पार्टीभित्र विचारको बहस आवश्यक रहेकोमा जोड दिँदै परियारले त्यो विचारको बहसबिना सैद्धान्तिक विचारमा स्पष्टता नआएसम्म पार्टीले दृष्टिकोण अगाडि बढाउन नसक्ने स्पष्ट पारे ।(रासस)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top