बालुवाटारमा सर्वदलीय बैठक सुरू, एमाले अनुपस्थित

४ पुस, काठमाडौं ।
प्रधानमन्त्री शेरबहादुर देउवाको आव्हानमा बालुवाटारमा सर्वदलीय बैठक सुरू भएको छ ।

Advertisement

सरकारका क्रियाकलाप, संसद् सञ्चालन र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्ने विषयमा छलफल गर्न प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन ।

कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, राष्ट्रिय प्रजातन्त्र पार्टी, नेमकिपालगायत दलका नेताहरू सहभागी छन् । यसअघि प्रधानमन्त्री देउवाले सत्ता गठबन्धनमा सर्वदलीय बैठकका एजेन्डाबारे छलफल गरेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top