चिलेको राष्ट्रपतिमा ३५ वर्षका गाब्रिएल बोरिक निर्वाचित

५ पुस, एजेन्सी ।
दक्षिण अमेरिकी देश चिलेको राष्ट्रपतिमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक विजयी भएका छन्।

उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेका हुन्। कास्तले मतदान केन्द्र बन्द भएको झण्डै डेढ घण्टाभित्रै आफ्नो हार स्वीकार गरेका हुन्। उनले हार स्वीकार गर्दामात्रै आधा मतगणना भएको थियो।

अहिले अधिकांश मतगणना भइसक्दा युवा नेता बोरिकले ५६ प्रतिशत मत पाएर जीत हासिल गरेका छन्। कास्तले ४४ प्रतिशत मत पाएका छन्। सरकारविरोधी प्रदर्शनको पृष्ठभूमिमा आइतबार भएको चिलेको राष्ट्रपतीय चुनाव पछिल्लो केही दशक यताकै सबैभन्दा विभाजित परिवेशमा भएको चुनाव हो।

बोरिक र कास्तले देशका लागि आफ्नो नेतृत्वमा विल्कुलै फरक भिजन प्रस्तुत गरेका थिए। बोरिक र कास्त दुवै चिलेको राजनीतिमा ‘आउटसाइडर’ हुन्। ३५ वर्षका बोरिक विश्वका कम उमेरका नेतामध्ये एक बन्ने भएका छन्। उनी चिलेको इतिहासमा सबैभन्दा कम उमेरका राष्ट्रपति बन्ने पक्का भएको हो।

हालका राष्ट्रपति सेबास्तियन पिनेरासँगको टेलिफोन संवादमा बोरिकले आफू गम्भीर चुनौतीहरुको सामना गर्न तयार रहेको बताएका छन्। राष्ट्रपतिमा निर्वाचित भएका बोरिक विद्यार्थीहरुको प्रदर्शनका पूर्वनेतृत्वकर्ता हुन्। उनले सन् २०१९ र २०२० चिलेलाई अस्थिर बनाएको असमानता तथा भ्रष्टाचारविरोधी प्रदर्शनमा समर्थन गरेका थिए।

कुनै समय दक्षिण अमेरिकाको एक स्थिर अर्थतन्त्रका रुपमा चिनिएको चिलेमा धनी र गरिबबीचको भिन्नता निकै गम्भीर छ। संयुक्त राष्ट्रसंघका अनुसार चिलेका एक प्रतिशत नागरिकको स्वामित्वमा देशको २५ प्रतिशत सम्पत्ति छ।

बोरिकले यो असमानता अन्त्यका लागि काम गर्ने वाचा गरेका छन्। त्यसका लागि उनले नीतिहरुमा क्रान्तिकारी परिवर्तन गर्ने बताएका छन्।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top