क्रिसमस यात्राले ओमिक्रोनको संक्रमण बढाउने डा. फाउचीको चेतावनी

५ पुस, एजेन्सी ।
क्रिसमसका लागि हुने यात्राले ओमिक्रोन भेरियन्टको संक्रमण तीव्र पार्ने अमेरिकाका शीर्ष संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले चेतावनी दिएका छन् ।

Advertisement

खोपको पूर्ण मात्रा लगाएकाहरुमा पनि संक्रमण क्रिसमसको समयमा संक्रमण बढ्ने जोखिम रहेको संक्रामक रोक विशेषज्ञ डा. फाउचीले बताएका हुन् । एनबिसी टेलिभिजनको मीट द प्रेससँग भनेका छन्, ‘ओमिक्रोनको संक्रमण फैलिने सम्भावना निकै रहेकोमा कुनै शंका छैन । ओमिक्रोन भेरियन्ट अहिले विश्वभर फैलिरहेको छ ।’

५० भन्दा बढी उत्परिवर्तन (म्युटेशन) भएको ओमिक्रोन निकै संक्रमक रहेको प्रारम्भीक तथ्यहरुले देखाएका छन् । संक्रमण रोक्नका लागि विभिन्न देशहरुले प्रतिबन्धात्मक नियम कडा पारेका छन् । युरोपमा फ्रान्स तथा जर्मनीसहितले यात्रा प्रतिबन्ध लगाएका छन्, नेदरल्याण्ड्सले कडा लकडाउन लागु गरेको छ ।

Advertisement

हाल कायम रहेका खोपको थप अर्थात बूस्टर मात्रा ओमिक्रोनको संक्रमण रोक्न वा कम्तीमा गम्भीर बिरामी हुनबाट जोगाउने देखिएको छ । सोही कारण अमेरिकासहितका देशले बूस्टर मात्राका लागि जोड दिइरहेका छन् ।

पछिल्लो एक अध्ययन अनुसार हालको खोपको बूस्टर मात्रा ओमिक्रोन भेरियन्टविरुद्ध कम्तीमा गम्भीर बिरामी रोक्न ८५ प्रतिशत प्रभावकारी हुने देखिएको छ । अमेरिकामा पछिल्ला दिनमा संक्रमण तीव्र गतिमा बढिरहेको छ, खास गरी खोप नलगाएकाहरुमा संक्रमण तीव्र छ ।

Advertisement

ओमिक्रोन भेरियन्टको संक्रमणले अमेरिकाको स्वास्थ्य सेवामा गम्भीर असर पार्ने डा. फाउचीले आइतबारको अन्तर्वार्ताको क्रममा चेतावनी दिएका हुन् । उनले भनेका छन्, ‘अहिले जस्तो देखिएको छ सोही अवस्था कायम रहेमा हाम्रा अस्पतालहरु तनाव आउने छन् ।’

डा. फाउचीले मास्क लगाउने, भौतिक दूरी कायम गर्ने तथा खोप लगाउने (योग्य भएको अवस्थामा बूस्टर मात्रा) सहितका सावधानी अपनाउन आग्रह गरेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top