विराटनगरका मेयर पराजुली काङ्ग्रेसको केन्द्रीय सदस्यमा विजयी

७ पुस ७८, बिहीबार

८ पुस, विराटनगर ।
नेपाली काङ्ग्रेसको केन्द्रीय सदस्यमा १८१६ मतका साथ विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली निर्वाचित भएका छन् ।

Advertisement

खसआर्य कोटाबाट उनी केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् । उनी कृष्णप्रसाद सिटौला–शेरबहादुर देउवा खेमाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए । डाक्टर शेखर कोइरालाको टिममा रहेका पराजुली १४औँ महाधिवेशनका क्रममा सिटौला पक्षमा लागेका थिए ।

यस्तै प्रदेश एकका आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्की भने केन्द्रीय सदस्यमा पराजित भए । कार्की डाक्टर कोइरालाको टिमबाट खुला केन्द्रीय सदस्यको उम्मेदवार बनेका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top