Nepal Times
Nepal Times
9
Shares

एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

एसईई खारेज गर्न संसदीय समितिको निर्देशन

८ पुस, विराटनगर ।
संसदको शिक्षा तथा स्वास्थ्य समितिले माध्यमिक शिक्षा परीक्षा एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको छ ।

बिहीबार बसेको समितिको बैठकले १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन दिएको हो ।
समितिले यसअघि पनि एसईई खारेज गर्न निर्देशन दिएको थियो ।

तर, सरकारले कार्यान्वयन नगरेपछि समितिले फेरि सरकारको ध्यानाकर्षण गराएको हो । २९ जेठ २०७७ मा समितिले एसईई खारेज गर्न सरकारलाई निर्देशन दिएको थियो ।

समितिको निर्देशनहरू

१. समितिको मिति २०७७–०२–२९ गतेको एसईई खारेजीको निर्णयलाई कार्यान्वयन गर्न निर्देशन ।

२. बाल शिक्षकहरूको पारिश्रमिकका सम्बन्धमा पूरा पारिश्रमिक नपाएका शिक्षकहरूलाई पारिश्रमिक उपलब्ध गराउने सम्बन्धमा मन्त्रालयलाई ध्यानाकर्षण ।

३. संघीय शिक्षा विधेयक यथाशक्य छिटो संसदमा पेस गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई ध्यानाकर्षण ।

४. मेडिकल कलेजहरूले बढी शुल्क लिइरहेको सम्बन्धमा सत्यतथ्य बुझी समस्या समाधान गर्न मन्त्रालयलाई निर्देशन ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.